Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Sports

संरक्षकको शानदर जीत, ईराको उदय,

Sunday, 04.30.2017, 11:51am (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई

पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिन्स सिंगल्स तर्फ डिफेन्डिङ च्याम्पियन संरक्षकभूषण बज्राचार्यले हिजो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को क्ले कोर्टमा भएको फाइनल खेलमा भुपु नम्बर वन जितेन्द्र परियारलाई ६–४ र ६–४ को सोझो सेटमा पाखा लगाउदै उपाधि रक्षा गरेका छन।पुराना तथा अनुभवी जितेन्द्रलाई योङ राईजिन स्टार संरक्षकका अगाडि टिक्न नसके पनी कडा चुनौती चाहिँ दिएरै छाडे। जुनियर बाटै सबैलाई तह लाउदै आएका संरक्षक खुल्ला तर्फ पनि उनको अपराजित बिजय यात्रा जारी छ।उनले मायाङ्का सङ्गको मिक्स डबल्समा पनि दोहोरो उपाधी जिते।
महिला एकल तर्फ भने माहिका राणालाई इरा रावतले ६–२, ५–७ र ६–३ को कठिन सेटमा हराइन् । पहिलो सेट ईराले डोमिनेन्ट फेसनमा हात परे पनि फाईटिङ स्पिरित भएकी माहिकाले दोस्रो सेट हात पारिन। तर अन्तिम सेटमा भने त्यो मोमेन्टियम कायम राख्न सकिनन र ईराले उपाधी हत्याईन।
त्यसैगरि पुरुष डबल्समा कुमार अधिकारी र जितेन्द्र परियारको जोडिले जिते।भेट्रान ३५ वर्षमाथि पुरुष सिङ्गल्समा कमल भन्डारीले जिते भने उहीँ क्याटेगरीमा महेश श्रेष्ठ सङ्गको पार्टनर्सिपमा डबल्स उपाधी पनि हात पारे। ४५ र ५५ बर्ष तर्फको सिङ्गल्स तर्फको उपाधि प्रदिप शाहले हात पारे।त्यसै गरि ४५ प्लस पुरुष डबल्समा सञ्जय अमात्य र धर्मरत्न शाही, ५५ प्लस तर्फको डबल्सको उपाधि मनोज राणा र छ्यङ्बा डुन्डुपको जोडीले जित हासिल गरे। 
 नगद तथा गिफ्ट ह्याम्पर सहित कुल ३ लाख ८५ हजार बराबरको पुरस्कार राशी रहेको उक्त प्रतियोगिताको ओपन पुरुष/महिला सिङ्गल्सका बिजेताले रु ३०,००० र रनर अपले रु १५,००० प्राप्त गरेका थिए। एक साता सम्म सन्चालन भएको उक्त प्रतियोगितामा २ सय ५२ खेलाडीले विभिन्न ११ बिधामा प्रतिस्पर्धा गरेका थिए।सनिबार समापन भएको पुरस्कार बितरण समारोहमा युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली, अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव एवं आयोजक संघका अध्यक्ष मनोहरदास मुल, सिटिजन्स बैंकका अध्यक्ष डा. शंकरप्रसाद शर्मा र प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीलगायत सरिक भएका थिए।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजनमा गत पाच बर्ष बाट हरेक साल खेलाउदै आएको उक्त टेनिस प्रतियोगितालाई काठमाडौं जिल्ला लनटेनिस संघले आयोजना गरेको हो।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top