Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > Sports

स्पारिङ तथा पुम्से च्याम्पियनसिपमा युनाइटेड क्लबलाई १४ गोल्ड मेडल

Wednesday, 04.26.2017, 12:03am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
    २३ अप्रिल, हङकङ– चाइना हङकङ नेशनल तेक्वान्दो एलियन्सले आयोजना गरेको तेक्वान्दो ब्लाक बेल्ट स्पारिङ एण्ड कलर बेल्ट प्याट्रन (पुम्से) च्याम्पियनसिप २०१७ मा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली क्लब युनाइटेड तेक्वान्दो एसोसिएशन हङकङले ५१ मेडलहरु हाता पार्न सफल भएको छ ।
     फान्लिङ स्थित लुङ ओ होई स्पोर्टस सेन्टरमा आयोजना गरिएको उक्त कम्पिटिशनमा युनाइटेडका खेलाडीहरुले स्पारिङ र पुम्से दुबै तर्फ गरी १४ वटा गोल्ड, १५ वटा सिल्भर र २२ वटा ब्रोन्ज मेडल गरी

जम्मा ५१ वटा मेडलहरु हाता पार्न सफल भएका थिए । उक्त कम्पिटिशनमा हङकङ तथा चीनका १५ क्लब सहित युनाइटेडसंगै ५ वटा नेपाली क्लबका करिब ४०० खेलाडीहरुले प्रतियोगितमा भाग लिएका थिए ।
     जोर्डन, वान्चाई, सेन्ट्रल, मङकक, साम सेई पु, लङ पिन, ताइपो, लगायत हङकङका विभिन्न स्थानमा गरी १२ वटा ब्रान्च रहेको उक्त क्लबमा ३०० बढि स्टुडेण्टहरु रहेका छन् भने हङकङमा आयोजना गरिने विभिन्न स्पारिङ तथा पुम्से (प्याटर्न) प्रतियोगिताहरुमा सहभागिता जनाउँदै राम्रो नतिजा समेत हासिल गर्दै आएको छ

। यसरी विभिन्न चाइनिज क्लबहरुले आयोजना गर्दै आएको पुम्से तथा स्पारिङ कम्पिटिशनहरुमा सहभागिता जनाउँनुको मुख्य उदेश्य भनेकै आफ्नो स्टुडेण्टहरुको स्तरमा अभिबृद्धि संगसंगै लोकल चाइनिज क्लबहरुसंगको सम्बन्धलाई प्रगाढ बनाउँदै अगाडी बढनु रहेको एसोसिएशनका प्रेसिडेण्ट तथा मास्टर सैलेन्द्र राईले बताए ।
       केहि दशकयता अन्तराष्ट्रिय खेलका रुपमा लोकप्रिय बन्दै गएको तेक्वान्दोले श्वास्थ्य रहनका लागि शारीरिक व्यायम, आत्म सुरक्षाका साथै अनुशासनमा रहन समेत सिकाउँने हुँदा समयको सदुपयोग गर्दै नेपालीहरुले समेत विशेष महत्वका साथ सिक्नु पर्नेमा समेत मास्टर राईले जोड दिए ।







Hot News

 

SEARCH

Newsletter

Top