Hot News
नेपालमा लगानीको अवसर बारे अन्तक्र्रिया ; भरतपुरमा च्यातिएका मत मतपत्र आज सर्वोच्च अदालतमा ; काठमाडौंमा फोहरबाट १४ किलोवाट बिजुली उत्पादन ; चुम्लुङ हिम खरिद सहयोगार्थ याक्थुम स्वर्णिम साँझ–४ सम्पन्न ; धनगढीमा आफैले बोकेको बम विस्फोट हुँदाएक जनाको ज्यान गएको छ
Home > News > Sports

केन्यामाथि नेपालको शानदार जित

Monday, 03.13.2017, 07:37pm (GMT+6.5)    | Comment | Print | Tell friend

३० फागुन २०७३
 काठमाडौं 
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो खेल नेपालले जित छ । आज कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा केन्याले दिएको १५६ रनको चुनौती नेपालले सहजै पूरा गर्योथ। उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले हराउन सफल भयो ।
एकदिवसीय क्रिकेटमा केन्यामाथि नेपालको यो पहिलो विजय हो । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले कप्तानी भएको खेलमा उनले ९३ बलमा १ छक्का र चौकासहित ६४ रन बनाए । ज्ञानेन्द्रलाई र दिपेन्द्र ऐरीको साझेदारीले नेपाललार्इ जीत दिलाएको हो । ज्ञानेन्द्र मल्ल तथा दीपेन्द्रसिंह ऐरीले ११५ रनको साझेदारी गरेका थिए । आफ्नो दोस्रो म्याचमै महत्वपूर्ण अर्धशतक हानेका दिपेन्द्रले ६६ बलमा ८ चौका र १ छक्कासहित ६२ रन बनाएका थिए ।
सुरुवाती दुई विकेट सस्तैमा खसेपछि नेपाल दवावमा आएको थियो । ओपनर सुनील धमला र तेस्रो नम्बरमा आएका सागर पुन क्रमशः १ र ५ रनमा आउट भए । तर त्यसपछि ज्ञानेन्द्र र दिपेन्द्रले नेपालको इनिङ सम्हाले । दिपेन्द्र आउट हुँदा नेपाललाई जितका लागि केवल ३१ रनको आवश्यकता थियो ।
पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषावकरले केवल ११ बलमा २४ रन बनाए । उनले ३० ओरमा पहिलो बलमा चौका र दोस्रोमा छक्का हान्दै नेपाललाई जिताएका थिए । 
केन्याका बलहरुमा ओटिनोले दुई विकेट लिए भने ओबुवाले एक विकेट लिए । अन्य बलरहरु विकेटविहिन रहे ।
यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै केन्यालाई १ सय ५५ रनमा समेटेको थियो । नेपालका पार्टटाइम स्पिनर शरद भेषावकरले चार विकेट लिएर केन्याको इनिङ धराशयी बनाए । उनले ७.१ ओभरमा २८ रन दिएका थिए ।
मेहेबुब आलमले सनसनीपूर्ण बलिङ गर्दै सात ओभरमा पाँच मेडन राखेर दुई विकेट लिए । उनको बलिङमा केन्याका ब्याट्सम्यानले केवल ११ रन बटुल्न सफल भएका थिए । यसैगरी स्पिनर बसन्त रेग्मीले पनि दुई विकेट लिन सफल भए भने सागर पुन र सन्दिप लामिछानेको खातामा एक-एक विकेट रह्यो । मेहेबुबले सुरुमै दुई विकेट लिएपछि केन्या दवावमा आएको थियो । तर करिम र ओबुयाले चौंथो विकेटका लागि ७९ रनको पार्टनरसिप गर्दै केन्यालाई खेलमा फर्काएका थिए । सन्दिप लामिछानेले सो पार्टनरसिप तोडेपछि केन्याले म्याचमा आफ्नो पकड गुमाउँदै गयो । म्याचमा नेपालका स्पिनरहरु पूर्णरुपमा केन्याका ब्याट्सम्यानहरुमाथि हावी भएका थिए ।

 

यो जितसँगै नेपालले च्याम्पियनसीपको शिर्ष चार स्थानमा पुग्ने सम्भावनालाई गणितीयरुपमा जिवित राखेको छ । अब नेपालले हङकङ र यूएइसँग खेल्न बाँकी छ । नेपालले घरेलु मैदानमा खेल्ने यो अन्तिम म्याच थियो ।


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top