Hot News
नेपाली जुडोका स्टार खेलाडीहरु एशियन च्याम्पियनसिपका लागि हङकङ आईपुगे, ; राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न मधेसमा २२ वटा स्थानीय तहको संख्या बढाउने निर्णय ; नेपाल भलिबल संघले ‘भलिबल’ लाई राष्ट्रिय खेल बनाउने ; ३ महानगर र एक उपमहानगरमा यस्तो छ पछिल्लो अवस्था ; ललितपुर महानगर मेयरमा कांग्रेस विजयी
Home > News > Sports

घरेलु मैदानमा नेपाल केन्यासँग ५ विकेटले पराजित

Sunday, 03.12.2017, 10:06am (GMT+6.5)    | Comment | Print | Tell friend

२९ फागुन २०७३

काठमाडौं

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ । घरेलु टोली नेपाल कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा  केन्यासँग ५ विकेटले पराजित भएको हो । वर्षाका कारण प्रभावित भएक खेल तीन पटकसम्म ओभर घटाएर अन्तिममा २६ ओभर कायम गरिएको खेलमा केन्याले जितका लागि ९४ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य २४ ओभर १ बलमा केन्याले ५ विकेटको क्षतिमा हासिल गर्यो । हारसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना कठीन बन्दै गएको छ । ९ खेल खेलेको नेपालको जम्मा ६ अंक रहेको छ भने छैटौं स्थानमा रहेको छ । यस्तै केन्या १० अंकसहित पाँचौं स्थानमा रहेको छ । शीर्ष ४ मा रहने टोली विश्वकप छनोटको अर्को चरणमा प्रवेश गर्नेछन् । यसअघि तीन पटक एकदिवसीय विश्वकपसमेत खेलिसकेको केन्या नेपालभन्दा अनुभवी टोली हो । घरेलु मैदानमा समर्थकहरुको बाक्लो उपस्थितिलाई नेपाली टोलीले निराश पारे । बिहानैदेखि समर्थकहरु पानीको समेत परबाह नगरी नेपाली टोलीको हौसला बढाउन कीर्तिपुर पुगेका थिए ।

 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top