Hot News
ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित ; २६ जिल्लामा जनजीवन अस्तब्यस्त
Home > News > Sports

अष्ट्रेलियन ओपन टेनिसको उपाधी रोजर फेडेरेरको कब्जामा,

Sunday, 01.29.2017, 11:19pm (GMT+6.5)    | Comment | Print | Tell friend

-मगेन्द्र राई
२९ जनवरी, अष्ट्रेलियाको मेलबर्न पार्कमा गत १६-२९ सम्म चलेको बर्षको पहिलो ग्रान्ड स्लाम अष्ट्रेलियन ओपनको १०५ औ सस्करणको आज भएको फाईनल खेलमा स्विस खेलाडी भुपु नम्बर एक रोजर फेडेररले स्पेनका राफल नाडललाई सनसनी पुर्ण पाच सेटको खेलमा ६-४, ३-६, ६-१, ३-६, ६-३ पाखा लगाउदै उपाधी चुम्न सफल भएका छ्न।फेडेररले नाडललाई तह लगाउन ३ घण्टा ३८ मिनट कोर्टमा कठीन मेहनत गर्नु परेको थियो।फेडेरर छ महिना अगाडी घुडाको चोटका कारण र नाडल नाडीमा चोटका कारण खेलबाट बाहिरिएका थिए।बरियताका शिर्ष खेलाडीहरु एन्डि मुरे र नोभाक जोकोभिच प्रारम्भिक चरणकै खेलबाट बाहिरिए पछि यि दुईको बिजय यात्रा सहज भएको थियो। आज १४८२० सिट क्षमता भएको सेन्टर कोर्ट रोड लेभर एरिनामा खचाखच भरिएको दर्शकहरुको अगाडी शुरु भएको फाइनल खेलमा फेडेररले पहिलो सेट हात पारेका थिए।तर दोश्रो सेटमा नाडलले खेल नियन्त्रणमा लिदै खोसे भने तेस्रो सेटमा फेडेररको आक्रमक खेलले सहज जित निकाले।टेनिसको ईतिहासमै मानसिक आत्मविश्वास अति नै बलियो मानिएको नाडलले चौथो सेट पुन खोस्न सफल भए।सोहि बेला ३५ बर्षिय फेडेररले तिघ्रामा केहि समस्या आएको भनी मेडिकल टाईम आउट लिदा फेडेरर समर्थकहरु निरास भएका थिए।अन्तिम पाचौ सेटको पहिले सर्भ फेडेररले गुमाए पछि नाडलका समर्थकहरु निकै उत्साहित भएका थिए।तर पाचौ गेममा फेडेररले ब्रेक गरेर ३-३ को बराबरी पुर्याए पछि फेडेररको आत्मबल बढी ५-३ ले गरेका थिए।अन्तिम प्वाईन्टमा फेडेररको सिग्नेचर क्रसकोर्ट फोरहेन्डको प्रहारले निर्णायक गेम गरि उपाधी चुम्न सफल भए।
जित पछि फेडेररले अलि भाबुक हुदै भने " म शब्द बिहिन भएको छु, हामी दुबै फाईनलमा पुग्छौ भनेर सोच्नै सकेका थिएनौ।हामी छ महिना अगाडी नाडलको एकाडेमी उद्घाटनमा सङै थियौ र अहिले फाईनलमा सङ्गै भयौ।यो पुनरागमन साच्चीकै पुर्ण छ, छ महिना अगाडीको स्थिती बडो नाजुक थियो।यो ठाउमा खेल्छु खेल्दिन कुनै निश्चित थिएन, अहिले ट्रफी जितेको छु, यो भन्दा ठुलो खुशीको कुरा नै के हुन्छ र?" अन कोर्टमा प्रतिद्वन्द्वी भए पनि यि दुई अफ कोर्टमा ईर्ष्या लाग्दो प्रगाढ मित्रता भएका फेडेररले ३० बर्षिय नाडल तर्फ ईङ्गित गर्दै थपे "म तिमी सङ्ग हारेको भए पनि खुशी नै हुने थिए।तिमीले टेनिस खेलिरहनु किनकी टेनिसलाई तिम्रो आवश्यकता छ"।यो जित सङ्गै फेडेररले ३७ लाख अष्ट्रेलियन डलर सहित २००० रैन्किङ प्वाइन्ट तथा नाडलले १९ लाख अष्ट्रेलियन डलर सहित १२०० रैन्किङ प्वाइन्ट प्राप्त गरेका छन। फेडेरेरको यो १८ औ ग्रान्ड स्लाम उपाधी कब्जा हो।उनले यो उपाधी सन २०१० मा जितेका थिए।यो प्रतियोगितामा उनको एक सय पटकको उपस्थिति हो।नाडल सङ्ग उनको ग्रान्ड स्लाममा छ बर्ष पछि भेट भएको थियो ।टेनिस ईतिहासमै बिख्यात यि दुई प्रतिद्वन्दीहरुको कुल करियर भिडन्तमा नाडलले अझै २३-१२ जितको अग्रता लिएको छ। यो प्रतियोगिताका लागी नाडलको बरियता नम्बर नौ थियो भने फेडेरेर सत्रौ बरियतामा थियो।यो जित पछि बरियतामा फेडेरेर नम्बर १० र नाडल नम्बर ६ मा उक्लने छन।
महिला एकल तर्फ भने हिजो भएको फाईनल खेलमा सरिना विलियम्सले दिदि भेनस विलियम्स लाई ६-४, ६-४ को सोझो सेटमा हराएर ओपन ईरामा स्टेफी ग्राफको रेकर्ड तोड्दै २३ ग्रान्ड स्लाम उपाधीको कीर्तिमान कायम गरेकी छिन।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top