Hot News
हङकङका पूर्व कार्यकारी प्रमुख डोनाल्ड चाङ जेल चलान ; तराईका जिल्लामा मसाल जुलुस प्रदर्शन बामदेव गौतम घर घेराउ ; सर्वपक्षीय सरकार आवश्यक छ :नयाँ शक्ति नेपाल ; कञ्चना सुनुवार स्मृति सभा सम्पन्न ; राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी
Home > News > Sports

जान्कोभिकको जोखिमपूर्ण जीत

Monday, 10.19.2015, 10:39am (GMT+6.5)    | Comment | Print | Tell friend

मगेन किरात "भोजपुरे"
    विश्व बरियताका पुर्ब नम्बर एक सर्बियाका Jelena Jankovic ले बर्तमान  विश्व बरियताको नवौ जर्मन खेलाडी Angelique Kerber लाई 3-6, 7-6(7/4), 6-1 को अन्तरले पराजित गरि Prudential Hong Kong Tennis Open 2015 को उपाधी आफ्नो पोल्टामा पारेकी छिन।
   3607 दर्शकहरु खचाखच भरिएको Victoria Park, Centre Court को sold out, action packed कोर्टमा भएको सनसनी पुर्ण खेलको शुरुवातमा Jankovic निकै नर्भस देखिएकी थिईन।तीनले पहिले सेटमा Kerber दवाब झेल्न सकिनन, जसको परिणाम स्वरुप 3-6 को अन्तरमा पहिलो सेट गुमाईन।दोश्रो सेटमा समेत 5-6 ले पछि परेकी तिनी हारको पराकाष्ठामा थिईन।तर Kerber को Double fault को फाईदा उठाउदै दोश्रो सेट टाई ब्रेकमा  7-6(7/4) ले आफ्नो पक्षमा परेपछी तीनले खेलमा पुनर्जिवन पाईन।ततपश्चात आत्माबल प्राप्त गरेकी Jankovic ले तेश्रो सेट 3-0 ले अग्रता लिदै खेललाई आफ्नो नियन्त्रणमा लिईन।त्यतिबेला सम्म Kerber निकै थकित देखिन्थिन,साथै यिनले Medical Timeout समेत लिईन। Kerber का प्रशिक्षक समेत आत्माबल बढाउन Rest Chair मा आए पनि तीनले आफ्नो बर्चश्व कायम गर्न सकिनन। Jankovic ले 10 doubles fault गरे पनि powerful base line groundstrikes ले अन्तत 6-1 ले अन्तिम सेट हातपारी  2:28 मीनटको लम्बेतान लडाईमा जीत हासिल गरेरै छाडिन।
   तीस बर्षिय Jankovic को यो जीतले तिनको आगामी भविष्यको प्रदर्शनको निम्ति आत्माबल त बढाएकै छ तर अहिले लागि भने एकै तीरले दुईबटा सिकार ढालेकी छिन।गत महिना चीनको Wuhan Open मा Venus सङ्गको पराजय मीठो बदला साउ ब्याज सहित यिनले यहाको Semi Final मा लिएरै छाडिन। फाईनल सम्मको यात्राको निम्ति तिनले Venus लाई Semi Final मा पराजित गरेकि थिईन।  Venus को सो हारले  यहि महिनाको 25 - 1 November सम्म Singapore मा संचालन हुने Year end WTA Final मा छनौट हुने सपना समेत चकनाचुर बनाईदिए।साथै 27 बर्षिय Kerber समेतलाई सिङ्गापुरमा Qualify हुने तात्कालिन  सम्भावनालाई तुहाईदिएकी छिन।जुन प्रतियोगितामा विश्व बरियताको शिर्ष 8 खेलाडीहरु मात्र भाग लिन पाउँछन्।यो जीत पछि खुशी हुँदै Jankovic ले आफू अझै उच्च स्तरमा खेल्न सक्ने क्षमता भएको र कडा मेहनत गरे Grand Slam जित्न सकिने सम्भावना अझै रहेको बताईन।पुरस्कार बितरण समारोहमा हङकङका मुख्य सचिब Carrie Lam समेतले मन्तव्य व्यक्त गरेकि थिईन।
  डबल्स तर्फको जोडदार खेलको उपाधी भने Alize Cornet र Yaroslava Shvedova को जोडिले Lara Arruabarrena र Andrejakl Klepac को जोडिलाई 7-6, 6-4 को प्रतिस्पर्धात्मक खेलमा पराजित गरि उपाधी चुमेका थिए।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top