WTA Prudential Hong Kong Tennis Open आज बाट शुरु हुने

Saturday, 10.10.2015, 11:07am (GMT6.5)


  - मगेन किरात "भोजपुरे"
  अक्टोबर 10, हङ्कङ। महिलाहरुको अन्तर्राष्ट्रिय प्रतियोगिता WTA Tour Hong Kong Open आजबाट भिक्टोरिया पार्कमा शुरु हुदैछ।10-18 सम्म चल्ने गत बर्षबाट शुरु भएको यो प्रतियोगितामा विश्वका नामुद महिला टेनिस खेलाडीहरुको सहभागीता रहनेछ। जसमा पुर्ब बिश्व बरियता नम्बर एक खेलाडीहरु Venus Williams, Jelena Jankovic, ग्रान्ड स्लाम बिजेताहरु Francesca Schivone, Samantha Stosur, स्पेनका राईजिङ स्टार विश्व बरियता नम्बर 5 Garbine Muguruza, no. 10 Angelique Kerber, Alize Cornet लगायतका बिख्यात खेलाडीहरुको टेनिस कला हेर्न सकिनेछ। पुर्ब नम्बर एक नम्बर एक Victoria Azerenka, Engunie Bouchard तथा डिफेन्डिङ च्याम्पियन Sabine Lisicki भने चोटको कारण बाहिरिएका छन। 
  आज र भोलि क्वालिफाईङ म्याच हुनेछ भने Main Draw को म्याच सोमबार बाट शुरु हुनेछ। सो दिनलाई "Peoples Monday" भनिएको छ, जस अनुसार स्कुले बिद्यार्थी लगायत सम्पुर्ण पब्लिकहरुको निम्ति निशुल्क प्रबेष दिईने आयोजक Hong Kong Tennis Association ले बताएको छ। रंगशालाको छेवैमा पहिलो पटक Tournament Village को स्थापना समेत गरिएको छ, जहाँ भिमकाय TV Screen मार्फत लाईभ खेल हेरि मज्जा समेत लिन सकिने छ, त्यसका अलावा टेनिस सम्बन्धि विभिन्न खेल तथा क्रियाकलापहरु, पेय तथा फुडकोर्टको समेत ब्याबस्था छ।
  Prudential Hong Kong प्रमुख प्रायोजक रहेको यो प्रतियोगिताको कुल पुरस्कार राशी US$2,500,000 रहेको छ भने यसको फाईनल खेल 18 अक्टोबर आईतबार अपरान्ह 4 बजे Centre Court मा हुनेछ।

www.bagaicha.com

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.