Hot News
पशुपतिमा १३ लाख भक्तजनले दर्शन गर्ने ; टीका रानाको अगुवाईमा स्काई म्याराथन धाविकाहरु सङ्ग भेटघाट तथा बिदाई कार्यक्रम , ; प्रमुख तीन दल नेपाली कांग्रेस, एमाओवादी र एमालेका शीर्ष नेताबीच बैठक ; राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ ; स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता लिन सरकारसमक्ष माग गरेका हुन् ।
Home > News > Sports

Nations Cup 2015" टेनिस प्रतियोगिताको उपाधी "Team Western United" लाई

Monday, 09.28.2015, 11:38am (GMT+6.5)    | Comment | Print | Tell friend

मगेन किरात "भोजपुरे"
     
"Hong Kong Nepalese Tennis Society " द्वारा आयोजित एक दिवशिय "Nations Cup -2015" 
टेनिस प्रतियोगिता 27 sept. 2015 आईतबारको दिन Victoria Park Tennis Court मा भब्यताको साथ सम्पन्न भएको छ।टिम ईभेन्टको रुपमा खेलाईएका उक्त प्रतियोगितामा 5 खेलाडीहरुको एक टिम गरेर विभिन्न देशका 8 टिममा 40 खेलाडीहरुको सहभागीता रहेको थियो।Knock Out को आधारमा खेलाईएको उक्त खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। Team Nepal ले Team The United लाई,Team Western United लाई Team Hong Kong लाई, Team Philipine B ले HK SAR लाई, Team Philipine B ले Team Rest of the World लाई हराउदै सेमि फाईनलमा पुगेका थिए। Centre Court मा खेलाईएको सनसनी पुर्ण फाइनल खेलमा "Team Western United" ले Team Hong Kong,  "Team Philipine A " लाई  2-1 को सेटमा पाखा लगाई उपाधी हासिल गरेका थिए।"Team Nepal" ले भने  सेमिफाईनल सम्मको यात्रामै चित्त बुझाउनु परेको थियो।प्रतियोगितामा उच्च स्तरका खेलाडीहरुको प्रदर्शनले वाहीवाही पाएको थियो
  प्रतियोगितमा पहिलो Team Western दोश्रो Team Philipine A र तेश्रो स्थान हासिल गर्ने Team Philipine B लाई आयोजकका तर्फबाट आकार्षक ट्रफी तथा उपहार प्रदान गरिएको थियो।प्रतियोगितामा फ्रान्स,जर्मनी,बेलायत,लात्भिया,अमेरिकाफिलिपिन्स, हङ्कङ, नेपाल आदि देशका खेलाडीहरुको सहभागिता रहेको थियो। कार्यक्रमको अन्तमा सोसाईटीका अध्यक्ष मगेन्द्र राईले बिजेता टोलिहरुलाई बधाई, प्रतियोगितामा सहभागी खेलाडीहरुलाई धन्यवाद दिनु हुँदै आयोजनाको निम्ति अहोरात्र खट्नु हुने सोसाईटीका पदाधिकारीहरु,टेनिस एचिभर्स  क्लब लगायत अन्य स्वयंसेवक/सेविकाहरु,सन्चारकर्मीहरु,प्रायोजकहरु तथा उपस्तिथित सम्पुर्ण दर्शकहरुलाई धन्यवाद दिदै उक्त प्रतियोगितालाई अन्तर्राष्ट्रियकरण गरिने बताउनु हुदै हरेक बर्ष आयोजना गर्दै लगेर एक प्रतिष्ठित प्रतियोगिताको रुपमा बिकाशित गरिने बताउनु भयो।
  उक्त प्रतियोगितालाई Uncle Russ Coffee Company, Nabin Dewan, Magendra Rai, Jaya Ram Rai, Sayapatree.com र Fulbari Club ले प्रायोजन गरेका थिए। कार्यक्रम सोसाईटीका प्रबक्ता तथा टुर्नामेन्ट डाईरेक्टर टेकेन्द्र सुब्बाले सन्चालन गरेका थिए।
Fitness, Fun & Friendship लाई प्राथमिकता दिदै आएको सोसाईटीले आयोजना गरेको यो प्रतियोगिता एतिहासिक रह्यो।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top