Hot News
दोस्रो चरणको निर्वाचन शान्तपूर्णरुपमा सम्पन्न, ७०. ५ प्रतिशत मतदान: आयोग ; मतदान केन्द्रनजिकै बम विष्फोट मतदान पुनः चालू ; मतपेटिकामा एसिड हालिएपछि रोल्पाको भनभनेमा मतदान स्थगित ; मतदानमा दुर्इ जनाको निधन ; झरिबिच दोस्रो चरणको स्थानीय तहको निर्वाचन सुरू
Home > News > Sports

"The Gorkhali Warrior" सुरेसको सफलता, "The Wonder Kid" रेक्सको रजाइ

Sunday, 08.30.2015, 06:47pm (GMT+6.5)    | Comment | Print | Tell friend

मगेन किरात"भोजपुरे"

The Gorkhali Warrior को उपनामले परिचित हङकङका उदयिमान नेपाली बक्सर "Sures Gurung (3-1, OKOs) ले आफ्नो करियरको चौथो ब्याबसयिक भिड्न्तमा तेश्रो पटक बिजयको खातामा नाम चढाएका छन।हङकङका स्थानिय बक्सिङ प्रोमोसन कम्पनी तथा क्लब DEF Promotion ले खेलाएको Night of Champions - 2 को Main Event मा हङकङका स्टार Rex Tso को अन्डरकार्डमा हिजो साँझ HKCEC, Wan Chai मा बेलुकी 7 बजे हङकङकै प्रतिद्वन्दी Cris Wong बिरुद्ध राउन्ड 4 को निम्ति रिङमा उत्रेका थिए । पूरा 18 सय टिकट सोल्ड आउट भएको हाउसफुल हलमा चार राउन्डको मारामारिमा शुरेशले पहिलो र दोश्रो राउन्ड आफ्नो पक्षमा पारे तर तेस्रो राउन्डमा बिपक्षी निकै आक्रमक शैलीमा प्रस्तुत भएर सुरेशको सातो खान खोज्दै प्वाइन्ट खोसे । अब अन्तिम तथा चौथो राउन्डमा के हुने हो भन्ने कौतुहलताले शुरेशको डाईहार्ड फ्यानहरुको मुटुमा ढ्याङ्ग्रो बज्न शुरु गरिसकेको थियो । जसै घन्टी बज्न साथ रेफ्रीले भिडन्तको आदेश दिन बित्तिकै शुरेश बिपक्षी माथी जाईलागे । आफ्नो जित सुनिश्चित गर्न शुरेशलाई यो राउन्ड जसरी पनि जित्नु जरुरी थियो । अन्तत तीन निर्णायक मन्डलको मन जित्दै सुरेशले बिजय आफ्नो पोल्टामा पार्दै नेपाली झन्डा फहराए । उनले यो जित हात पार्न उनका प्रशिक्षक र उनले निकै कठिन मेहनत गर्नु परेको बताए ।

सन 2012 को डिसेम्बर महिनामा पहिलो पटक ब्याबसायिक खेल शुरु गरि रिङमा उत्रेका 25 बर्षिय सुरेश "हङकङ पुलिस क्लब" को प्रतिनिधित्व गरिरहेका छ्न । एमेच्योर खेलमा 25-2 को रेकर्ड राखेका यिनले ब्याबसायिक तर्फ 3-1 को सुधार गरेका छ्न । 5'4" उचाई भएको यिनको रिच 162 सेन्टिमिटर छ भने यिनी Super Bantamweight वा Junior Featherweight (122 lbs) वेट क्लास डिभिजनमा भिड्दै आएका यिनी यो फाईट भन्दा अगाडि यो वेटमा विश्व भरिका 1155 खेलाडीहरु मध्ये 689 स्थानको बरियतामा थिए । यिनले अहिले सम्म 12 राउन्डको अनुभव बटुलेका छन ।

मेन ईभेन्ट सो पिसको रुपमा रहेको हङकङका 28 बर्षिय स्टार "The Wonder Kid को उपनामले परिचित Rex Tso ले सनसनी पुर्ण प्रदर्शन गर्दै अष्ट्रेलियाका Brad Hore लाई सातौ राउन्डमा घुडा टेकाए । आक्रामक रुपमा खनिएका Rex ले तेश्रो राउन्डमा नन स्टप कम्बिनेसन प्रहार गरे।सातौ राउन्डमा देब्रे मुक्काले तोरिको फूल देखाईदिदै राँगा ढलाई ढालिदिए । आठौं गिन्तीमा उठेका मात्र के थिए, बाघ झम्टाई गर्दै दाहिने हुकले बाउको बिहे देखाईदिदै दोश्रो पटक घुडा टेकाईदिए । अनि धर्मरिदै उठेका Hore लाई धोबी धुलाई दिदै तेश्रो पटक घुडा टेकाएपछि उनले निरंतरता दिन नसकी हार स्विकार गरे । Rex को यो 11 औं नक आउट बिजय थियो । यिनी अहिले सम्म अपराजित रेकर्ड राख्दै 18-0-0,11 KOs को सुधार गरेका गर्दै WBC Asian Boxing Council super flyweight title हात पारे । अब यिनी चाडै विश्व च्याम्पियनका निम्ति लाईन अप हुनेछ्न । उक्त भिडन्त हेर्न हङकङका अर्थ सचिब John Tsang, लान क्वाई फिङ किङ्ग Allan Zeman हरु समेत उपस्थित थिए।


bagaicha.con

Hot News

 

SEARCH

Newsletter

Top