Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > Sports

मिरा राईलाई "Norway" मा अर्को सफलता, अल्ट्रा तर्फ विश्व बरियताको नम्बर 1 हुने सपना जिवितै"

Monday, 08.03.2015, 10:22pm (GMT+6.5)    | Comment | Print | Tell friend

मगेन किरात भोजपुरे

अगस्ट 2,  उत्तरी नर्वेको सुन्दर शहर ट्रोम्सोमा Skyrunning World Series अन्तर्गत Tromsø SkyRace® 45 km, Ultra, Tromsø  Norway को प्रतियोगितामा नेपालकि Mira Rai ले दोश्रो स्थान हासिल गरेकी छिन । उनले 45 km को निर्धारित दुरि 7:23:09 मा पूरा गरि महिला तर्फ दोश्रो ओभरअलमा 17 औ स्थान हासिल गरेकी छिन। गत बर्ष विश्व वर्ल्ड च्याम्पियनसिप सहित 9 वटा शिर्ष उपाधी जितेकी तथा बरियताका शिर्ष स्थानकि स्विडिस धाविका Emelie Forsberg ले 7:09:54 छिचोली प्रथम तथा नर्वेकी Houkoy Malena ले 7:31:29 मा पूरा गरि तेश्रो स्थान हासिल गरेकी छिन।त्यसै गरि पुरुष तर्फ बेलायती धावक Albon Jonathan ले 6:08:41, स्पेनका Hernando Luis Alberto ले 6:25:54 र नर्वेका Jensen Rolf Einar ले 6:28:51 को समयमा दुरि पार गरि क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थान हासिल गरेको छ। क्वालिफाईडहरुले मात्र भाग लिन पाउने उक्त प्रतियोगितामा विश्वभरका 359 धावक धाविकाहरुले भाग लिएका थिए। Skyrunning को गभर्निङ बडी International Skyrunning Federation ले यी प्रतियोगिता आयोजना गर्दछ।

तीन किसिमका दौडहरु Vertical/sky/Ultra(छोटो, मध्यम र लामो) लाई World Series Continental Championships उपाधिको निम्ति खेलाइन्छ। बर्षभरीको प्रतियोगिताहरु मध्ये 3 world series 1 Continental Championships प्रतियोगिताको नतिजा हेरि अंकको आधारमा बरियता निर्धारण गरिन्छ तथा उत्कृष्ट टिम समेतलाई पुरस्कृत गरिन्छ। World Series Continental दुबैको नम्बर समान छ। पुरुष तर्फ Top 40 र महिला तर्फ Top 15 ले स्थानको आधारमा Ranking numbers प्राप्त गर्दछ्न।Top 5 सम्म क्रमशः 100,88,78,72,68 पाउदछन भने त्यस पछि क्रमशः 66,64,62,60 एबम रितले नम्बर प्राप्त गर्दछ्न। Emelie ले 3 वर्ल्ड सिरिज मध्ये दुईमा र कन्टिनेन्टलमा एक जिति पुर्णाङ्क 300 अंक प्राप्त गरेकी छिन भने Mira ले एक वर्ल्ड सिरिज र एक कन्टिनेन्टलमा प्रथम भै 200 र एक वर्ल्ड सिरिजमा दोश्रो भै 88 गरि जम्मा 288 नम्बर प्राप्त गरेकी छिन, अब प्रथम स्थानको निम्ति यी दुबैले एक एक वटा वर्ल्ड सिरिजमा प्रतिस्पर्धा गर्नु पर्नेछ। Emelie Mira दुबै Salomon टिम का हुन । Mira ले भने आगामी September 19 मा Ultra Pirineu - 103 km, Bagà - Spain मा भाग लिदैछिन।


bagaicha.con

Hot News

 

SEARCH

Newsletter

Top