नेपाली 'मीरा', 'हीरा' भएर चम्किन चामोनिक्स फ्रान्समा

Saturday, 06.27.2015, 06:32pm (GMT6.5)

मगेन किरात ‘भोजपुरे’
26 जुन 2015, Chamonix, France. Skyrunning World Series अन्तर्गत Ultra क्लासको Mont Blanc 80 km Chamonix, France 2015 को उपाधि नेपाली धाविका Skyrunning Asian च्याम्पियन Mira Rai ले जितेकी छिन। उनले विश्वका नामुद स्काई ट्रैल धाविकाहरुलाई पछाडि पार्दै 82 km को दुरि 12:32:12 मा छिचोली पहिलो नेपाली मात्र हैन, पहिलो एशियाली धाविका बनिन ।

गत बर्ष उक्त सोही ठाउँमा सम्पन्न भएको Skyrunning World championship मा स्विडीस धाविका Emelie Forsberg ले 12:38:49 को समयमा छिचोलेकी रेकर्डलाई तोड्दै Mira ले उक्त दुरि 6 मिनेट छिटो छिचोल्दै संसारलाई आश्चर्यचकित पारिन। मिराको निकटतम प्रतिद्वन्दी स्पेनका Anna Comet I Pascua
ले 12:54:55 मा पार गरि दोश्रो, अमेरिकी Hillary Allen ले 13:11:40 पार गरि तेश्रो तथा चीनका Dong Li ले 14:09:24 मा पार गरि चौथो भएका थिए भने पुरुष तर्फ अमेरिकी Alex Nicholas ले उक्त दुरि 10:31:00 मा छिचोली पुरुष तर्फ प्रथम भएका थिए। 80km/42km/23km को क्याटेगोरीमा विश्वभरका 10624 धावक धाविकाहरु दौडिएको उक्त साहसिक दौडमा 80km मेन ईभेन्टको रुपमा थियो।यिनी ओभरअल मा 15 औं स्थान कायम गरिन ।

अद्वितिय प्राकृतिक सुन्दरताले भरिएको Chanomix Valley, Mont Blanc, skyrunning course का लागि उत्कृष्ट तथा अत्यन्तै वाईल्ड तथा टेक्निकल मानिन्छ। Mira ले शुरुवात बाटै स्थिती सुदृढ गर्दै करिब 70 km को दुरि पार गर्दा सम्म आफुलाई दोश्रो स्थानमा कायम गरेकी थिईन।बाँकी रहेको अन्तिम 10km अति उकालो र ओरालो रहेको दुरिलाई साहसको साथ प्रतिद्वन्दीलाई 22 मिनेट पछाडी छाड्दै मिराले उपाधी चुमिन। फिनिसिङ प्वाएन्ट चुम्ने बेला उपस्थित दर्शकहरुले घन्टी बजाउदै स्टान्डिङ ओभिएसन दिएका थिए। अन्तत नेपाली झन्डा फहराउदै तीनले जितको खुशी मनाएका थिए। बिगतमा उत्कृष्ट नतिजाको आधारमा मात्रै प्रबेश पाउने उक्त प्रतियोगितामा मिराले Team Trail Running Nepal को प्रतिनिधित्व गर्दै Salomon कम्पनीको प्रायोजनमा त्यहाँ पुगेकी हुन। एक डेढ बर्ष पहिले सम्म नाम निसान नभएकि भोजपुरकि मीरा अब संसारभर हीरा जस्तै चम्कदै गैरहेकी त छिन नै, नेपाल र नेपालीहरुको नाम पनि साथसाथै चम्काईरहेकी छिन ।

www.bagaicha.com

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.