Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > Sports

नेप्लिज टेनिस सोसाईटीका खेलाडीहरुले ट्रफी उचाले

Tuesday, 06.23.2015, 09:10pm (GMT+6.5)    | Comment | Print | Tell friend

मगेन किरात, "भोजपुरे"

गत जुन 20 तारिखको दिन Tennis Achiever Club, Hong Kong ले आयोजना गरेको Dragon Boat Mix Doubles Cup 2015 अन्तर्गत Mix Doubles Tournament मा Hong Kong Nepalese Tennis Society का खेलाडीहरुले ट्रफी जितेका छन। फिलिपिनी, नेपाली, चाईनिज र बृटिश मूलका खेलाडीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा 16 जोडी खेलाडीहरुलाई 4 समूहमा बिभाजन गरि राउन्ड रोबिनको आधारमा 6 गेम सेटमा खेलाईएको थियो । Gold Coast Resistance Club मा खेलाईएको उक्त खेलमा सोसाईटीका खेलाडी Kisan Thapa र उनका जोडि Almira Marshall को जोडिले सेमिफाईनलमा Ogie De La Torre Sandra Chan को जोडीलाई सनसनी पुर्ण खेलमा 6-4 ले पाखा लगाई फाइनलमा प्रवेश गरेका थिए भने उता सोसाईटीकै खेलाडी Guman Singh Mina Lopez फाईनलमा पुगेका थिए । All Nepal Final मा Kisan Thapa को जोडीले Gumam Singh Gurung को जोडीलाई 6-3 को अन्तरमा हराई ट्रफी हत्याए । बिजेता तथा उपबिजेताहरुलाई क्लबका पदाधिकारीहरुले ट्रफी तथा प्रमाणपत्रहरु बितरण गरेका थिए ।  स्मरण रहोस उक्त क्लबले नेपालको भुकम्प पिडितहरुको निम्ति हङकङ डलर 7 हजार 1 सय 28 नगद सहयोग उपलब्ध गराएको थियो।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top