Hot News
किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने, ; हङकङमा सुनुवारहरुको उभौली सालिवा ष्याँदर ; हङकङ निबासी टिनएजर ऋषिले जिते मेडल मङ्गोलियामा, ; यस्तो छ ताजा परिणाम
Home > News > Sports

HKNFBF को आयोजनामा पत्रकार सम्मेलन

Wednesday, 05.27.2015, 12:04am (GMT+6.5)    | Comment | Print | Tell friend

प्रतिनिधि बगैंचा डटकम

२४ मे २०१५ हङकङ । जोर्डन स्थित चौतारी क्लबमा Hong Kong Nepalese Federation of Bodybuilding & Fitness (HKNFBF) ले पत्रकार सम्मेलनको आयोजना गरेको छ । Nepalese Federation of Bodybuilding & Fitness अन्तर्गत AFBF “49th Asian Bodybuilding  & Fitness Championship 2015 June 5th to 8th Kitakyusho Japan”  मा सहभागि हुन जाने खेलाडीहरूको बारेमा जानकारी गराउने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रमलाई Federation का प्रेसिडेन्ट लोकेन्द्र परियारले सभापतित्व गर्नु भएको थियो भने प्रमुख अतिथिमा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा र उक्त खेलमा सहभागि हुन जाने खेलाडी (आपुन के) किशोर पुन अतिथि रहनु भएको थियो ।

बिश्वका १९१ देशका खेलाडीहरूले सहभागिता जनाउने पाउने सो खेलको ४९औं एशियन बोडिबिल्डिङ तथा फिट्नेस च्याम्पियनसिप २०१५ यहि जुन ५ देखि ८ तारिक सम्म जापानको किताक्युशोमा आयोजना हुने भएको छ । उक्त प्रतियोगितामा नेपालको तर्फबाट ८५ केजी तर्फ किशोर पुन (आपुन के) हङकङबाट, ६५ केजी तर्फ राम दाहाल दुबईबाट  र ७५ केजी तर्फ जापनमा रहेका बिजय राना सहित ३ खेलाडिले भाग लिने भएका छन ।

विश्वको १९१ देशमा खेल्न र खेलाउन पाउँने मान्यता र हैषियत Nepalese Federation of Bodybuilding & Fitness (NFBF) र यस फेडेरेशनमा आवद्ध संघहरूलाई मात्र प्राप्त छ । यो (NFBF) मा आवद्ध Bodybuilding Association हरूले मात्र नेपाल र नेपाली झण्डाको लागि खेल्न पाउने प्रावधन रहेको कुरा फेडेरेशनका प्रेसिडेन्ट लोकेन्द्र परियारले जानकारी गराउनु भयो । सबैले यो कुरालाई बुझेर अगाडि बढेको खण्डमा मात्र खेलाडी, राष्ट्र र Bodybuilding Association हरूलाई फाईदा हुने भएको हुँदा आफू यसै अभियानमा लागि परेको कुरा परियारले बताउनु भयो ।

यहि जुन ५ देखि ८ तारिक सम्म जापानको किताक्युशोमा आयोजना हुन गईरहेको खेलमा भाग लिन जानुहुने खेलाडी किशोर पुन (आपुन के) लाई प्रमुख अतिथि लगायतले खदा लगाएर शुभ कमाना दिएका थिए ।

कार्यक्रमलाई महासंघका (HKNFBF) का सचिव लोक बिक्रम सुनुवारले सन्चालन गर्नु भएको थियो ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top