Hot News
मेयर, उपमेयरको सुविधा कति ? ; महावीर पुनले आफूले पाएका राष्ट्रिय–अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेर नौलो तरंग ल्याए ; काठमाडौं महानगरमा मेयर एमाले र उपमेयरमा कांग्रेस भारी मतान्तरले विजयी ; प्रधानमन्त्रीद्वारा फास्ट ट्र्याक शिलान्यास ; मनिताको हङकङमा उत्साहजनक प्रदर्शन
Home > News > Sports

नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने

Wednesday, 01.28.2015, 11:11pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौँ, १४ माघ २०७१

नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको छ । बुधबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी बोर्ड बैठकले केन्या र नेपाललाई वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेलाउने निर्णय गरेको हो ।आईसीसीले डिभिजन वानको शीर्ष स्थानमा रहेका अफगानिस्तान र आयरल्याण्डलाई सन् २०१९ को विश्वकपका लागि र्‍याङ्किङ छनोटमा समावेश गरेको छ ।सन् २०१७ को सेप्टेम्बरमा जारी हुने वन डे टीम र्‍याङ्किङको शीर्ष आठ टीमविश्वकपमा स्थान बनाउनेछ । अब नेपाल र केन्याले हङकङ, नामिबिया, नेदरल्याण्ड, पपुवा न्यूगिनी, स्कटल्याण्ड र युएईसँग वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ, जुन दुई वर्षे हुनेछ । यो अवधिमा नेपालले प्रत्येक टीमसँग दुई-दुई खेल खेल्नेछ ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top