Hot News
उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी, ; गायक दीपक लिम्बूको सोलो एल्वम 'श्रेय' सार्वजनिक
Home > News > Sports

Sabine Lisicki बनिन प्रुडेन्सल हङकङ ओपन च्याम्पियन, डबल्सको उपाधी Pliskova दिदी बहिनिलाई

Monday, 09.15.2014, 07:46pm (GMT+6.5)    | Comment | Print | Tell friend

मगेन भोजपुरे

गत १४ सेप्टेम्बर २०१४ मा भएको WTA Tennis  "Prudential Hong Kong Open" को एकल तर्फको उपाधि विश्व बरियता नम्बर ३१ मा रहेकी २४ बर्षिय जर्मन सुन्दरी Sabine Lisicki  ले विश्व बरियताका नम्बर ३चे रिपब्लिकका २२ बर्षिय Karolina Pliskova लाई ७-५, ६-३ को अन्तरले किनारा लगाएर उपाधी चुम्दै अमेरिकी डलर  ४३ हजार हात पारिन भने Pliskova ले २१ हजार ४ चारसय हात पारिन।यस खेलको कुल राशी अमेरिकी डलर २ लाख ५० हजार तथा हङकङ डलर १.९ मिलियन  रहेको थियो।

तात्कालिन विश्व बरियता नम्बर ८ की बीस बर्षिय क्यानेडीयन सुन्दरी Eugenie Bouchard  युएस ओपनमा घाईते बनेपछि Hong Kong Open बाट withdrawal  गरे पश्चात Lisicki  ले Wild card enrty गरेकी हुन ।यो टुर्नामेन्टमा Sabine ले नम्बर  सिड र Pliskova ले नम्बर  सिड पाएका थिए पहिलो Round semi final  मा बालबाल बचेका Sabine फाईनल खेलको पहिलो सेटमा पनि १-५ ले पछि परेकी थिइन Pliskova को effortless flat groundstroke को जवाफ फिराउन Sabine लाई हम्मे हम्मे परेको थियो।तर राईजिङ स्टार Pliskova को केही unforce error तथा Sabine ले आफ्नो खेल कौशल र अनुभवको फाईदा उठाउदै खेल ५-५ को हाराहारीमा पुर्याए Pliskova लाई ५ अलको गेममा ब्रेक गर्ने अवसर मिले पनि त्यसको फाइदा उठाउन नसक्दा फ्रस्टेसन भएर Racquet भुईमा बजार्न पछि परिनन तत पश्चात् Sabine ले पहिलो सेट ७-५ मा बिट मारिन भने दोश्रो सेट ६-३ मा मैझारो गर्दै करिब ९० मिनेको दौडधुप पछि उपाधी चुमिन दर्शकहरूको आगाडी खेल्न रुचाउने Sabine का समर्थकहरू उल्लेख्य भएको हुटिङबाट स्पष्ट थाहा हुन्थ्यो पुरस्कार बितरण समारोहमा बोल्ने क्रममा सबैलाई धन्यवाद दिदै आउदो वर्ष फेरि भेट हुने बाचा समेत बाधिन अब उनी Japan Open को निम्ति त्यता लाग्नेछिन अपरान्ह ३ बजे खेल शुरु भएता पनि प्रचन्ड गर्मीले खेलाडी तथा दर्शकहरूलाई सास्ती दिएको थियो

महिला एकल पछिको अन्तराल पछि ५:३० मा शुरु भएको डबल्स तर्फ Pliskova Sisters (Kristyna, Karolina)  Pliskova को जोडी ले Austrain Patricia Mayr-Achleitner  Australian Arina Rodionova लाई ६-२, २-६, तथा तेश्रो सेट टाई ब्रेक १२-१० बिजय हासिल गरि एकल फाईनलमा हारेको चोटलाई Karolina ले यहाँ उपयुक्त मलम फेला पारिन Cross court ground stroke को सनसनीपर्ण exchange ले single players लाई समेत बिर्साएको थियो Tennis Tour मा American Bryan Brothers पछि Pliskova Sisters पहिलो जुम्ल्याहा Tour Champion हुन।

चिनियाँ स्टार खेलाडीहरू  Li  Na  Peng Shuai को अनुस्पस्थित भए पनि दर्शकहरूको उल्लेख्य उपस्थितिले Hong Kong मा Tennis को क्रेज राम्रो भएको देखियो कोर्ट बाहिर राखिएको विश्व प्रसिद्ध उत्पादक कम्पनीहरूको स्टलहरू,  Food  &  Beverage हरूको स्टलहरू आकर्षक साजसज्जा र ब्याबस्थापन पक्षले सबैलाई आकार्षण गरेको थियो।यस सफलताले Hong Kong मा Tennis को उर्बर ठाउँ बन्ने सम्भावना वढेर गएको छ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top