नेपालले मलेसियालाई हरायो

Saturday, 03.30.2013, 10:34pm (GMT6.5)

चैत १७, काठमाडौं

नेपालमा भैरहेको एसीसी ट्वान्टी-२० कपमा आज नेपालले मलेसियाविरुद्ध १९ रनले विजयी भएको छ। कृर्तीपुरको त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। १ सय ६४ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रनमात्र बनाए पछि नेपाल विजयी भएको हो ।।यो जितसँगै नेपालको सेमिफाइनल यात्रा बलियो बनेको छ। नेपालका लागि कप्तान पारस खड्काले ३ छक्का र ११ चौकासहित सर्वाधिक ८७ रन बनाएका थिए। नेपालले भोलि सिंगापुरसँग खेल्दैछ। नेपालकै समूहमा रहेको हङकङ भने यसअघि नै सेमिफाइनल पुगिसकेको छ।

सुनुवार नितेश

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.