एसीसी ट्वेन्टी ट्वेन्टी कप क्रिकेटमा नेपाल हङकङसंग पराजित

Wednesday, 03.27.2013, 09:32pm (GMT6.5)

चैत १४, काठमाडौँ

एसीसी ट्वेन्टीट्वेन्टी कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल हङकङ्कसँग ६ विकेटले पराजित भएको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा १ सय १६ रनको लक्ष्य हङकङ्कले १६ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो । बलिङ्ग तर्फ बसन्त रेग्मीले ३ र शक्ति गौचनले १ विकेट लिन सफल भएका थिए । कप्तान पारस खड्का, अमृत भट्टराई र सञ्जम रेग्मीले आज निकै खर्चिलो बलिङ गरे ।     टस जितेर ब्याटिङ्ग गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय १५ रन जोडेको थियो ।नेपालले आफ्नो तेस्रो खेलमा आगामी शनिवार मलेसियासंग प्रतिस्पर्धा गर्नेछ ।

सुनुवार नितेश

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.