Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > Sports

मच्छिन्द्रको जित संकटा र सरस्वति बाराबारी

Wednesday, 11.28.2012, 10:42pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, मंसिर १३

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्रले डिफेण्डिङ च्याम्पियन नेपाल पुलिसलाई हराएको छ ।आज भएको खेलमा रेड हर्समच्छिन्द्रले पुलिसलाई २-० ले पराजित गरेको । लिगमा खराव सुरुवात गरेको पुलिस पहिलो खेलमा मध्यपुरसँग बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा संकटासँग पराजित भएको थियो दशरथ रंगशालामा भएको खेलको सुरुबाटै पुलिसलाई दबावमा रोखेको मच्छिन्द्रले गोल भने दोस्रो हापमा गरेको हो । खेलको ६६ औं मिनेटमा लक्ष्मीनारायण श्रेष्ठले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । कर्ण लिम्बुको प्रहार पुलिसका गोलरक्षक रितेश थापाले रोके पनि बल नियन्त्रणमा लिन सकेनन् र अनमार्क रहेका श्रेष्ठले बललाई जाली चुमाए ।७० औं मिनेटमा विशाल राई एले अग्रता दोब्बर गर्ने सुन्दर मौका चुकाए । केही अगाडी आएका पुलिसका गोलरक्षक रितेशले पुत्काएको बलमा उनले खाली पोष्टमा गोल गर्न सकेनन् । ७८ औं मिनेटमा विसाल राई बीले मच्छिन्द्रको अग्रता दोब्बर पारे । डिबक्स बाहिर पाएको फि्र किकमा उनले हानेको बल पुलिसका रक्षक रितेशले पत्तै पाउन सकेनन् । खेलमा पुलिसले र्फकने प्रयास गरेपनि सफल भएन र मच्छिन्द्रलाई २-० ले नजिता सुम्पियो ।आजै भएको अर्को खेलमा १-१ गोलको बराबरी खेल्दै संकटा र सरस्वतिले अंक बाडेका हुन् । खेलमा अग्रता भने सरस्वतिले लिएको थियो ।२६ औं मिनेटमा याना इलिआसको गोलबाट सरस्वतिले अग्रता लिएको थियो । तर, ५५ औं मिनेटमा संकटाका सल्यान खड्गीले बराबरी गोल फर्काए ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top