Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > Sports

न्युरोड टिम एनआरटी र रानी पोखरी कर्नर टिम आरसीटीको जित

Tuesday, 11.27.2012, 10:38pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, मंसिर १२

राजधानीमा जारी ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र रानी पोखरी कर्नर टिम आरसीटीले लगातार दोस्रो जित हाँसिल गरेका छन् । आज भएको खेलमा एनआरटीले त्रिभूवन आर्मी क्लबलाई शुन्यका विरुद्ध १ गोलले पराजित गरेको हो । एनआरटीको जितमा खेलको ४१ औं मिनेटमा अजय विकले निर्णायक गोल गरे । पहिलो खेलमा बाँसबारीलाई पराजित गरेको एनआरटी आजको जितसंगै ६ अंक सहित तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा फ्रेण्ड्ससँग बराबरी खेलेको आर्मीको भने १ अंक छ । यसअघि आजै भएको खेलमा आरसीटीले फ्रेण्ड्स क्लबलाई २/१ ले पाखा लगायो । जितसंगै एनआरटीसंग समान ६ अंक जोडेको आरसीटी गोल अन्तरका आधारमा पछि पर्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।  आरसीटीको जितमा आज गोल दिपेश मगरले गरे । ५० औं मिनेटमा पहिलो गोल गरेका मगरले त्यसको १० मिनेटपछि अर्को गोल थपेका थिए । पहिलो खेलमा आर्मीसँग बराबरी खेलेको फ्रेण्ड्सकालागि निराजन खड्काले ७२ औं मिनेटमा गोल फर्काएका थिए । 


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top