Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > Sports

मनाङ मस्र्याङ्दी र जावलाखेल विजय

Sunday, 11.25.2012, 10:19pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, मंसिर १०

मनाङ मस्र्याङ्दी र जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विजय भएका छन्न् । पहिलो खेलमा संकटा क्लबसंग बराबरीमा रोकिएको मनाङले दशरथ रंगशालामा आज भएको आफ्नो दोस्रो खेलमा सरस्वती क्लबलाई ३/१ गोलले पराजित गर्‍यो । खेल सरस्वतीले अग्रता लिएको थियो ।३२ औं मिनेटमा रमेश घिसिङले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए । तर पछि मनाङका सुजल श्रेष्ठले ५४ औ र एमबिल स्टेफनले ६० औं मिनेटमा तथा अमिर श्रेष्ठले दोस्रो हाफको इन्जुरी समयमा गोल गरे । पहिलो हाफमा गोल खाए लगत्तै नियन्त्रण गुमाएको मनाङले दोस्रो हाफमा भने आक्रामक खेल खेल्यो । पहिलो खेलमा थ्रीस्टार क्लबलाई पराजित गरेको सरस्वतीले शुरुवाती प्रदर्शनलाई निरन्तरता दिन भने सकेन ।अर्को खेलमा जावलाखेलले सशस्त्र प्रहरी बललाई ३/१ ले पराजित गर्‍यो । जावलाखेलको जीतमा जोन डुकले ह्याट्रिक गरे । ३३ औं मिनेटमा पहिलो गोल गरेका डुकले ४४ औं मिनेटमा दोस्रो र ४७ औं मिनेटमा तेस्रो गोल गरेका थिए । सशस्त्र प्रहरीकालागि सन्तोष श्रेष्ठले पहिलो हाफको इन्जुरी समयमा गोल फर्काए । पहिलो खेलमा जावलाखेल मच्छिन्द्रसंग र सशस्त्र प्रहरी हिमालयन शेर्पासंग पराजित भएका थिए ।

भोली थ्रीस्टार र बौद्ध तथा हिमालयन शेर्पा र बाँसवारीबिच प्रतिस्पर्धा हुनेछ । 

 


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top