Hot News
उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी, ; गायक दीपक लिम्बूको सोलो एल्वम 'श्रेय' सार्वजनिक
Home > News > Sports

न्यूरोड टिम एनआरटीले विजयी सुरुवात आर्मी र फ्रेण्ड्सले गोलरहित बराबरी

Friday, 11.23.2012, 09:04pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, मंसिर ८

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीले विजयी सुरुवात गरेको छ ।आज दशरथ रंगशालामा भएको आफ्नो पहिलो खेलमा एनआरटीले सेगुन अकिनाडेको चार गोलको मदतमा बाँसबारी क्लबलाई ५-३ गोल अन्तरले पराजित गरेको छ । खेलमा अग्रता भने बाँसबारीले लिएको थियो ।खेलको दोस्रो मिनेटमा नै पुकार आलेले गोल गर्दै बाँसबारीलाई अग्रता दिलाए पनि ४ मिनेट भन्दा टिक्क सकेन । छैटौं मिनेटमा एनआरटीका लक्ष्मण रुचालले बारबरी गोल फर्काए । २६ औं मिनेटमा सेगुनले गोल गर्दै एनआरटीलाई २-१ को अग्रता दिलाए भने ३९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३-१ मा पुर्‍याए । उनी त्यतीमा मात्र रोकिएनन् र खेलको ५४ औं मिनेटमा हृयाट्रिक पुरा गरे । यो प्रतियोगिताको पहिलो हृयाट्रिक हो ।६० औं मिनेटमा बौद्धका पुकारले दोस्रो गोल गर्दै एनआरटीको अग्रता ४-२ मा झारे । ६६ औं मिनेटमा सेगुनले चौथो गोल गर्दै एनआरटीलाई ५-२ को अग्रता दिलाए । ८१ औं मिनेटमा बौद्धका विसाल तामाङले गोल गर्दै एनआरटीको अग्रता ५-३ मा झारे पनि हार टार्न सकेनन् ।आजै भएको अर्को खेलमा नेपाल आर्मी र फ्रेण्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छन् ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top