हिमालयन शेर्पा र रानी पोखरी कर्नरले विजयी सुरुवात

Thursday, 11.22.2012, 10:21pm (GMT6.5)

काठमाडौं, मंसिर

हिमालयन शेर्पा र रानी पोखरी कर्नर टिम आरसीटीले राजधानीमा जारी ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेका छन् । दशरथ रंगशालामा आज भएको पहिलो खेलमा हिमालयन शेर्पाले ससस्त्र प्रहरी बललाई ० ले पराजित गर्‍यो । हिमालयनको जीतका लागि खेलको २४ औं मिनेटमा पुकार गहतराज, ४५ औं मिनेटमा सोमबहादुर मल्ल र ६९ औं मिनेटमा धिरज तामाङ्गले गोल गरेका थिए । भिम श्रेष्ठले डिबक्स भित्र गणेश खड्कालाई फल गरेपछि हिमालयन शेर्पाले अर्को गोल गर्यो  ।यस्तै, आरसीटीले बौद्ध फुटवल क्लबलाई २० ले पराजित गर्‍यो । खेलको ४४ औं मिनेटमा मन गुरुङ्गले आत्मघाती गोलको उपहार दिएपछि आरसीटीले खेलमा अग्रता लिएको थियो । अमर डंगोलले ६७ औं मिनेटमा थप गोल गरेपछि आरसीटी आफ्नो पहिलो खेलमै ३ अक बटुल्न सफल भयो ।प्रतियोगितामा भोली न्युरोड टिम एनआरटी र बाँसबारी तथा नेपाल आर्मी र फ्रेण्डस् क्लबबीच हुनेछ ।

Bagaicha.com

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.