Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > Sports

मच्छिन्द्र र सरस्वती क्लबले विजयी शुरुवात

Wednesday, 11.21.2012, 10:14pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, मंसिर ६

दशरथ रंगशालामा आज भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र र सरस्वती क्लबले विजयी शुरुवात गरेको छ । राजधानीको दशरथ रंगशालामा आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १ का विरुद्ध ५ गोलको फराकिलो अन्तरले पराजित गर्दै मच्छिन्द्रले लिगमा सुखद शुरुवात गरेको हो ।भने सरस्वतीले थ्रीस्टार सरस्वती युथ क्लबलाई २/१ ले पराजित गर्योमच्छिन्द्रलाई जीत दिलाउन विशालले आफ्नो पूर्व क्लब विरुद्ध ५ र ७६ औं मिनेटमा गोल गरे । दिपकले भने ४० र ८१ औं मिनेटमा गोल गरेका थिए । मच्छिन्द्रको खातामा खेलको १३ औं मिनेटमा थपिएको अर्को गोल जावलाखेलका विवेक बस्नेतको नाममा रह्यो । जावलाखेलकालागि खेलको ५८ औं मिनेटमा राज पौडेलले गोल फर्काएका थिए । सरस्वतीको जीतमा रमेस घिसिङ र कृष्णगोपाल श्रेष्ठले समान १ गोल गरे । थ्रीस्टारको खातामा लेखिएको गोल पनि सरस्वतीका रमेश डंगोलको आत्मघाती रह्यो । 


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top