Hot News
राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति ; गायक/गीतकार/संगीतकार/सन्तोस आङदेम्बे मोडलीङ तिर ; नेपाली सिने जगतका वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ उपचार सहयोग रकम हस्तान्तरण । ; स्पारिङ तथा पुम्से च्याम्पियनसिपमा युनाइटेड क्लबलाई १४ गोल्ड मेडल ; विनासकारी भुकम्प गएको आज दुई वर्ष पुरा
Home > News > Sports

ए डिभिजन लिग सुरू पुलिस मध्यपुरसंग र मनाङ संकटासंग बराबरीमा रोकिए

Tuesday, 11.20.2012, 10:30pm (GMT+6.5)    | Comment | Print | Tell friend

सहिद स्मारक ए डिभिजन लिग फुटबलको ३९ औँ संस्करण राजधानीमा आज सुरु भएको छ । चालु सिजनमा गत संस्करणको विजेता नेपाल पुलिस र उपविजेता मनाङ मस्र्याङ्दी क्लब बराबरीमा रोकिएका छन् । दशरथ रंगशालामा आज भएको उद्घाटन खेलमा पुलिस नवप्रवेशी मध्यपुर युथ एसोसिएसनसंग १/१ गोलको बराबरीमा रोकिएको हो खेलको पहिलो मिनेटमै १/० ले पछि परेपछि दवावमा परेको पुलिसका भोला सिलवालले ४८ औं मिनेटमा गोल फर्काएका थिए । मध्यपुरलाई पहिलो मिनेटमै अग्रता दिलाउने क्रममा जीवन सिन्केमानले आकर्षक गोल गरेका थिए । बेद श्रेष्ठको क्रसमा अनमार्क रहेका सिन्केमानले हेडरबाट गोल गरेका थिए । पुलिसकालागि भने पर्वत पाण्डेले फ्रिकबाट उपलब्ध गराएको बलललाई सिलवालले गोलमा परिणत गरेका थिए । लगातार तीन पटकको विजेता पुलिसले गोलका केहि अवसर खेर फालेको थियो । प्रतियोगिताको दोस्रो खेलमा पनि मनाङ मस्र्याङदी र संकटा क्लबले १/१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा भएको खेलमा अग्रता भने मनाङले लिएको थियो । उसका निराजन मल्लले खेलको सातौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर,संकटाकालागि मनिस गुरुङ्गले ५३ औं मिनेटमा गोल फर्काए । एनसेल कप र सफल पोखरा कपको विजेता मनाङलाई संकटाले आज कडा चुनौति दिएको थियो । यद्यपी, मनाङले गोलका केहि सुनौला अवसर खेर फाल्यो । ८६ औं मिनेटमा मनाङका शिव श्रेष्ठको सशक्त प्रहार विपक्षी गोलकिपरले रोकेका थिए । यस्तै, निराजन मल्ल पनि केहि अवसरमा चुकेका थिए । प्रतियोगितामा भोली जावलाखेल युथ र मच्छिन्द्र तथा थ्रीस्टार र सरस्वती क्लबबीच प्रतिस्पर्धा हुनेछ । घरेलु फुटबलमा सबैभन्दा बढी पुरस्कार राशीको प्रतियोगिताको विजेताले ७५ लाख, उपविजेताले ३५ लाख, तेस्रोले १५ लाख र चौथोले ७ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कारका लागि मात्र झण्डै डेढ करोड रकम छुट्ट्याइएको आयोजक अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठले जानकारी  दिनु भएको छ ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top