Hot News
सरकारी वकिल र ट्रेड युनियनले थाले आन्दोलन, कसले गर्छ सरकारको मुद्दामा वहश ? ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
Home > News > Sports

एनसेल कपको उपाधि मनाङ मस्र्याङ्दी क्लबलाई

Saturday, 10.13.2012, 10:20pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, अशोज २७

काठमाडौंमा भएको नकआउट फुटबल प्रतियोगिता एनसेल कपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । निजी टेलिकम कम्पनी एनसलले आयोजना गरेको यो फुटबल प्रतियोगितालाई नेपालको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता मानिएको छ ।यसको राशि १५ लाख रुपैयाँ रहेको छ ।राजधानीको दशरथ रंगशालामा शनिबार भएको फाइनल खेलमा मनाङले आरसीटीलाई ६-१ ले हरायो । मनाङको विजयका लागि अनिलले चार गोल गरे । खेल सुरु भएको ७ औं मिनेटमा गोल गरी अनिलले खाता खोलेका थिए । नवौं मिनेटमा मनाङका मोविल लियोने स्टेफेनले अर्को गोल थपे ।अनिलले १७ औं, २९ औं र ८२ औं मिनेटमा गोल गरी हृयाटि्रकसहित चार गोल गरे । ८८ औं मिनेटमा सविन्द्र श्रेष्ठले गोल गर्दै खेल ६-१ मा टुंग्याए । आरसीटीका ओलाडिपो ओलावाले एक गोल गरी सान्त्वना दिलाए ।एनसेल कपको च्याम्पियन बन्दै मनाङले १५ लाख रुपैयाँ र उपविजेता आरसीटीले ७ लाख रुपैयाँ पाएको छ । सर्वोत्कृष्ट खेलाडी मनाङका शिव श्रेष्ठले यामाहा मोटरसाइकल पाएका छन् भने विधागतरुपमा उत्कृष्टले जनही ७५ हजार रुपैयाँ पाए । एनसेल कपमा मध्यपुर युथका गोलकिपर विकेश कुथु उत्कृष्ट गोलकिपर भए भने सविन्द्र श्रेष्ठले डिफेन्स, अमर डंगोलले मिडफिल्डर, अनिल गुरुङले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए । उत्कृष्ट प्रशिक्षक उपाधि विजेता मनाङका कृष्ण थापा घोषित भए ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top