Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > Sports

छैटौं राष्ट्रिय खेलकुद प्रतियोगताको उद्घारटन

Sunday, 02.26.2012, 09:17pm (GMT+6.5)    | Comment | Print | Tell friend

४ फागुन

छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुदूरपश्चिमको धनगढीमा सुरु भएको छ ।प्रतियोगिताको राष्ट्रपति डा. रामवरण यादवले धनगढी रंगशालामा अपराहृन एक कार्यक्रमबीच उद्घाटन गर्नु भएको छ ।कार्यक्रममा प्रधानमन्त्री बाबुराम भट्टराई, अर्थमन्त्री वर्षमान पुन, आपूर्तिमन्त्री लेखराज भट्ट लगायतका मन्त्रीहरु उपस्थित भएका थिए । आठ दिनसम्म चल्ने प्रतियोगितामा पाँचवटै विकास क्षेत्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, माओवादीको पीएलए स्पोटर्सक्लब र विश्वविद्यालय गरी ९ टोली सहभागी भएका छन्। पीएलएलाई सहभागी गराइएको भन्दै असन्तुष्ट बनेको नेपाली सेनाले प्रतियोगिातमा आफ्ना खेलाडीले भाग नलिने स्पष्ट गरिसकेको छ ।प्रतियोगितका कूल ३१ खेलमध्ये २४ खेल धनगढी र महेन्द्रनगरमा तथा बाँकी ७ खेल काठमाडौँ, धुलिखेल र वीरगञ्जमा हुनेछन् । कूल ३१ खेलमा ३ सय २७ स्वर्णपदकका लागि २ हजार २ सय ३४ पुरुष र १ हजार ३ सय ८५ महिला खेलाडीले प्रतिस्पर्धामा भाग लिँदैछन् । प्रतियोगिताको पहिलो दिन आज १८ वटा स्पर्धा हुने आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top