Hot News
राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति ; गायक/गीतकार/संगीतकार/सन्तोस आङदेम्बे मोडलीङ तिर ; नेपाली सिने जगतका वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ उपचार सहयोग रकम हस्तान्तरण । ; स्पारिङ तथा पुम्से च्याम्पियनसिपमा युनाइटेड क्लबलाई १४ गोल्ड मेडल ; विनासकारी भुकम्प गएको आज दुई वर्ष पुरा
Home > News > Sports

सेनालाई तटस्थ राख्नुपर्छः नेता नेपाल

Friday, 02.17.2012, 08:34pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, फाल्गुन ५

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली सेनालाई तटस्थ बनाएर मुलुकको राष्ट्रिय स्वाभिमानीलाई कायम राख्न सक्नुपर्ने विचार व्यक्त गरेका छन् ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कोटेश्वर बहुमुखी क्याम्पस कमिटीको २२ औँ सम्मेलनको शुक्रबार उद्‌घाटन गर्दै उनले अहिलेसम्म नेपाली सेनाले स्थापित गरेको स्वच्छ छविलाई धुमिल पार्ने काम कहिँ कतैबाट पनि हुन नहुने बताए ।उनले भने, ‘नेपाली सेनालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्छ, यदि सेनामाथि राजनीतिक हस्तक्षेप गरिन्छ भने मुलुक पाकिस्तानको हालतमा पुग्ने छ, यसतर्फ सबै राजनीतिक दलहरू सचेत हुन जरुरी छ ।नेता नेपालले मुलुकको राजनीतिक गत्यावरोधलाई अन्त्य गर्न राष्ट्रिय सहमतिको सरकारको विकल्प छैन भन्दै वर्तमान सरकारले तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकारको बाटो खुल्ला गर्नुपर्नेमा जोड दिए ।उनले जनचाहना अनुरुप शान्तिप्रक्रियाका मूलभूत कार्य सम्पन्न गरी निर्धारित समयमै संविधान लेखनको कामलाई टुङ्ग्याइनुपर्ने बताए ।सम्मेलनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष लक्ष्मण लम्सालले आफ्नो सङ्गठन विद्यार्थीकै हकहितमा जुटिरहेको बताएका थिए ।शुक्रबार सुरु भएको सम्मेलनको बन्दसत्रले अनेरास्ववियु कोटेश्वर बहुमुखी क्याम्पस कमिटीको नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ ।


रासस

Hot News

 

SEARCH

Newsletter

Top