Hot News
उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी, ; गायक दीपक लिम्बूको सोलो एल्वम 'श्रेय' सार्वजनिक
Home > News > Sports

यू- १९ महिला क्रिकेट उपाधिमाथि नेपालको ह्यानट्रिक

Friday, 02.10.2012, 08:52pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, माघ २७

नेपालले कुवेतमा जारी एसीसी महिला क्रिकेटको उपाधि जित्दै उपाधिमा हृयाट्रिक गरेको छ ।शुक्रबार फाइनलमा थाइल्याण्डलाई ६ विकेटले पराजित गर्दै नेपाल लगातार तेस्रो पटक विजेता बनेको हो । थाइल्याण्डले प्रस्तुत गरेको ७५ रनको लक्ष्य नेपालले २१ ओभरमा चार विकेटको क्षतिमा भेट्टाएको थियो । केहीबेर अघि नेपालले थाइल्याण्डविरुद्ध ७५ रनको लक्ष्य २१ औं ओभरमा भेट्टाएको हो ।योसँगै नेपालले यू-१८ महिला क्रिकेटमा ह्याट्रिक गरेको छ । उपाधिका लागि उसले ४ विकेट मात्र खर्चेको थियो । नेपालको सुरुवात भने निकै खराब थियो । शुन्य रनमा नै दुई विकेट गुमाएको नेपालले स्कोर बोडमा १९ रन हुँदा थप दुई विकेट गमायो । तर, त्यसपछि नेपाली पारी सम्हालेका कप्तान रुविना क्षेत्री र ममता चौधरीले  ५६ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएकी हुन् । रूविना २४ र ममता २१ रनमा अविजित रहिन् ।यसअघि युनिटी मैदानमा टस हारेर व्याटिङ थालेको थाइल्याण्डले निर्धारित २३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ७४ रन जोड्यो । थाइल्याण्डलाई कम रनमा समेट्ने क्रममा नेपाली कप्तान रुविनाले ५ ओभरमा ६ रन लिँदै तीन विकेट लिइन् । उनी प्लेयर अफ दि म्याचसँगै प्लेयर अफ दि टुर्नामेन्ट समेत घोषित भइन् ।नेपाल, अघिल्लो संस्करणको उपविजेता भुटानलाई ३ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने थाइल्याण्डले कुबेतलाइ पाखा लगाएको थियो ।

 

 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top