Hot News
यस वर्षको 'राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ ; हङकङमा निशुल्क स्वस्थ शिबिर मार्फत नेपालका बाढी पिडितलाई सहयोग जुटाउने ; नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ ; क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण
Home > News > Sports

नेपालको रोमाञ्चतक जित

Wednesday, 12.07.2011, 06:36am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, मंसिर २०

राजधानीमा जारी एसीसी ट्वान्टीट्वान्टी कप क्रिकेटमा नेपालले दोस्रो जित दर्ता गरेको छ । किर्तिपुरस्थित त्रि.वि मैदनमा आज मंगलबार कुवेत विरुद्ध १ रनको रोमाञ्चतक जित हासिल गर्दै नेपालले सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राखेको छ ।१ सय २७ रनको लक्ष्य पछ्याएको कुवेत खेल सकिन १ बल बाँकी छँदै १ सय २५ रनमा समेटिएपछि नेपालले जित आत्मसाथ गरेको थियो । कुवेतका सउद कमारले ३९ रनको योगदान गरेपनि टीमलाई पराजित हुनबाट जोगाउन सकेनन् ।१ दशमलव ५ ओभर बलिङ्ग गरेका पृथु बास्कोटाले ३ विकेट लिए । उनले सबै विकेट अन्तिम ओभरमा लिएका थिए । उनी आज म्यान अफ दी म्याच घोषित भए । पारस खड्का र बसन्त रेग्मीले समान २ विकेट लिए ।यसअघि त्रिवि मैदान किर्तिपुरमा टस हारेर ब्याटिङ्ग गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २६ रनको योगफल तयार पारेको थियो । नेपालका लागि सुवास खकुरेलले ४० रन जोड्नु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।ज्ञानेन्द्र मल्ल र पृथु बास्कोटाले समान १६, महबुब आलमले १४, बसन्त रेग्मीले १०, अनिल मण्डलले ९ र विनोद भण्डारीले ८ रन जोडे । क्याप्टेन पारस खड्का भने डक आउट भए । बलिङतर्फ मोहम्मद अज्घर र अब्दुल्लाह अखुन्जडाले २/२ तथा अज्मतुल्लाह नजिर र अली जहिरले १/१ विकेट लिए । 

 

 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top