Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > Sports

एसीसी ट्वान्टी–ट्वान्टीमा नेपाल युएईसंग पराजित

Sunday, 12.04.2011, 10:33pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, मंसिर १८

राजधानीमा जारी एसीसी ट्वान्टीट्वान्टी कप क्रिकेट अन्तर्गत समुह चरणको आफ्नो दोस्रो खेलमा नेपाल युएईसंग पराजित भएको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा युएईले नेपाललाई ६ विकेटले पराजित गरेको हो ।पहिले व्याटिङ गर्दै नेपालले दिएको ९६ रनको लक्ष्य युएइले १९ औं ओभरमा ४ विकेट गुमाएर पार गरेको थियो । टस जितेर व्याटिङ्ग गरेको नेपालका कुनैपनि व्याट्स्म्यान लामो समय क्रिजमा जम्न सकेनन् । महबुब आलमले १७ तथा, सुवाष खकुरेल र विनोद भण्डारीले समान १४ / १४ रन बनाए । तेस्रो खेलमा नेपालले पर्सी कुवेतसंग प्रतिस्पर्धा गर्नेछ । खेलको अन्त्यतिर युएइले व्याटिङ्ग गर्ने क्रममा नेपाल हार्ने भएपछि दर्शकले पानीको बोतल र ढुङ्गा हानेका थियो । केही समय त्रिवि मैदानमा भागाभाग चलेको थियो ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top