Hot News
सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै
Home > News > Sports

विश्वकप छनोट खेलमा नेपालले जोर्डनसँग एक-एकको बराबरी

Friday, 07.29.2011, 12:02am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, श्रावण १२

       विश्वकप-२०१४ को छनोट चरणको दोस्रो लेगमा बिहीबार नेपालले जोर्डनसँग एक-एकको बराबरी खेलेको छ । दुवैतर्फको गोल मध्यान्तरपछि भएको हो । पाँच दिनअघि जोर्डनको अम्मान रंगशालमा १०१ को गोल अन्तरमा पराजित भएको नेपालले बिहीबार भने  आफ्नै घरेलु मैदानमा प्रदर्शन सुधारेको हो । घरेलु दर्शकको समर्थन पाएको नेपाली टोलीले मध्यान्तरसम्म बलियो टिम जोर्डनलाई रोकेको थियो ।खेलको ६२ औं मिनेटमा जोर्डनका अमेर दीपको कर्नर किकलाई सदुपयोग गर्दै सहेद असनले हेड गरी गोल गरेका थिए । ८० औं मिनेटमा सन्तोष साहुखलको पासमा भरत खवासले गोल गरेपछि गोल गरी खेल बराबरीमा पुर्‍याएका थिए ।त्यस पछि कुनै गोल हुन सकेन र खेल १-१को बराबरीमा सकिएको हो ।योसँगै ब्रजिलमा सन् २०१४ मा हुने विश्वकप फुटवल छनोटको दोस्रो चरणबाट भने नेपाल बाहिरिएको छ । पहिलो चरणमा ईष्ट टिमोरलाई ७१ ले पराजित गर्दै पहिलो पटक दोस्रो चरण पुगेको नेपाल बलियो प्रतिद्वन्द्धी जोर्डनसँग पराजित भएपछि बाहिरिएको हो ।

 


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top