नेपालीलाई तेक्वान्दोमा लामो अन्तरालको स्वर्ण पदक

Wednesday, 05.04.2011, 12:37am (GMT6.5)

महेश साम्पाङ

हङकङ ०१ मे २०११, आइतवारका दिन हङकङ तेक्वान्दो संघले आयोजना गरेको राष्ट्रिय कलरवेल्ट च्याम्प्यिानसिप काउलुनको लाइ चि कक पार्कस्पोर्ट सेन्टरमा सम्पन्न भयो ।

सो खेलमा १५० खेल भएकोमा नेपाली समुहका तीन तेक्वान्दो क्लवले भाग लिएका थिए जसमा हङकङ नेपाली तेक्वान्दो संघ जोर्डन र चुङ दो क्वानका दुई डोजाङ एभरेष्ट र न्यू जेनेरेसन थिए । लामो समयसम्म अरु कुनै क्लवलाई हात नपरेको सफलता यसपटक न्यूजेनेरेसनलाई हात पारेको छ । यस क्लवबाट जम्मा ६जना खेलाडीले भाग लिएको कुरा मास्टर राजु खड्का बताउँछन् । जसमा पदक पाउने २ जना खेलाडी मध्ये स्वर्ण पदक गोकुल तामाङले र कास्य पदक ओमप्रसाद गुरुङले हात पारेका छन् । स्वर्ण पदक विजेताका प्रतिस्पर्धीहरु ३५ जना रहेका थिए ।

लगभग एक दश्क पहिला यहि खेलका मास्टर कुश थापाले एक पटक स्वर्ण पदक जितेका थिए,पछि २००४ मा उनले ब्ल्यक वेल्ट च्याम्प्यानसिपमा फेरि स्वर्ण पदक नै हात पारेका थिए भने २००१ मा निर्भिक रणा र २००५ मा भरत लिम्बूले स्वर्ण पदक जितेका थिए तर त्यसपछि भने नेपाली खेलाडीले वयष्कको समुहमा यस्तो सफलता हात पारेको थिएन । एभरेष्ट र न्यू जेनेरेसनले रजत पदक सम्म भने हात पारेको थियो । त्यसैले नेपाली तेक्वान्दोमा यसलाई  लामो अन्तरालको ठुलो उपलव्धीको रुपमा हेरिएको छ ।

bagaicha.com

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.