Hot News
मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो ; माघे संक्रान्तीलाई हङकङबासी मगरहरुले विशेष रुपले मनाए ; मिक्स्ड डबल्सको ट्रफी बिकाश र सरिनालाई,
Home > News > Sports

संसारभरका ज्ञात अज्ञात शहिदहरू प्रति समर्पन गर्दै पहिलो पटक “शहिद कप” फुटबल खेल सम्पन्न

Tuesday, 05.03.2011, 02:06pm (GMT+6.5)    | Comment | Print | Tell friend

अधिराज राई

मे का दिन हङकङमा नेपाली युवाहरूको खेल विकासको लागि नेपाली जन सरोकार समाज हङकङले  संसारभरका ज्ञात अज्ञात सहिदहरू प्रति समर्पण गर्दै फुटबल खेलाई मजदुर दिवश मनाएकोछ।यस खेलमा जम्मा १४ टिमले भाग लिएका थिए।लिगकम नक आउट फर्मेसनमा खेलाईएको यस कपको विजयी टिमले ६६६६ दोस्रो हुनेले ३३३३ हङकङ डलर तथा ट्रफि प्रमाण-पत्र पाएका छन ।ग्रुप मा रेसुङगा एफसि,बेईजिङ एफसि, प्रिभे एफसि (ग्रिन) ग्रुप- बि मा चुम्लुङ एफसि, एभरेष्ट एफसि,एस एफसि, ग्रुप -सि मा जनसरोकार समाज(आयोजक) , हिमालय एफसि,धरान एफसि,पोखरा एफसि ग्रुप-डि मा प्रिभे एफसि (ब्लु),सन्डे युनाईटेड एफसि,एलकेएफ एफसि अरनिको एफसि रहेका थिए ग्रुप बाट रेसुङगा एफसिप्रिभे एफसि (ग्रिन) ग्रुप- बि बाट चुम्लुङ एफसिएस एफसि ग्रुप सि बाट हिमालय एफसिधरान एफसि ग्रुप-डि बाट प्रिभे एफसि (ब्लु)सन्डे युनाईटेड एफसि क्वाटर फाईनल फाईनल प्रवेश गरेका थिए भने  सेमि फाईनमा धरान एफसि लाई हराउदै चुम्लुङ एफसि र प्रिभे एफसि (ब्लु)लाई हराउदै प्रिभे एफसि (ग्रिन) फाईनलको यात्रा तय गरेका थिए।फाईनमा चुम्लुङ एफसिले प्रिभे एफसि (ग्रिन)लाई सुन्यको विरुद्द १ गोलले जित्तै शहिद कप २०११ को विजयी बनेका थिए।यस खेलमा सर्वाधिक गोल कर्ता लोमस पुन पोखरा एफसि, उत्कृष्ट खेलाडि जगत प्रकाश पुन, चुम्लुङ एफसि र राईजिङ खेलाडिमा सुरज राई एभरेष्ट एफसिका रहेका थिए।

कार्यक्रमको अन्तमा औपचारिक कार्यक्रम पनि गरिएको थियो जसको अध्यक्षता समाजका अध्यक्ष बिष्णु कुमार गुरुङ र प्रमुख अतिथिमा हङकङ नेप्लिज फुटबल एसोसियसनका अध्यक्ष राजिब हिराचन रहेका थिए भने विशेष अतिथिमा समाजका सल्हाकार तथा एमाओबादि हङकङ जिल्ला कमिटिका सहसचिव जेवि ओख्राबु बरिष्ठ सल्हाकर कृष्ण बहादुर लिङखा, समाजका महासचिव जिमि हाई खिम हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर आदि रहेका थिए।अन्य अतिथिहरूमा बिभिन्न जातिय मोर्चाहरू र समाजका क्षेत्रिय मोर्चाका अध्यक्षहरू रहेका थिए। कार्यक्रमको स्वागत मन्तव्य सस्थाको बरिष्ठ उपाध्याक्ष ज्ञानु मेयाङबोले दिएका थिए भने शहिद कप किन गरियो भन्ने बारे महासचिव जिमि हाङखिमले प्रस्टाएका थिए।कार्यक्रम सफल भएकोमा प्रमुख अतिथि राजिब हिराचनबाट सबैलाई धन्यवाद दिएका थिए।समाज अध्यक्ष गुरुङले यो शहिद कप नियमितहुने भन्ने घोषणा पनि गर्नु भएको थियो र सम्पुर्ण प्रायोजक लगायत भाग लिने टिमहरूलाई धन्यवाद तथा विजयी टिमहरूलाई बधाई तथा शुभकामना दिएका थिए।कार्यक्रमको सुरुमा १ मिनेट शहिदहरूको सम्मान स्वरुप मौन धारण गरएको थियो भने पहिलो चरणको औपचारिक कार्यक्रम समाजका सचिब किशोर महाराले र बाँकि पुरस्कार वितरणको कार्यक्रम खेल सम्योजक अधिराज राई प्रकाश ले सञ्चालन गरेका थिए।कार्यक्रमलाई हङकङ नेप्लिज फुटबल एसोसियस र अरणिको एसोसियस हङकङ रहेका थिए।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top