Hot News
पहिरोले गर्दा बिपी राजमार्ग अवरुद्ध ; गोदावारी मा जमे पाचँथरे ; कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सिराहामा ; निर्वाचन मिति घोषणा अघि संविधान संशोधन हुनुपर्छ : मधेशी मोर्चा ; पहिलो पटक निर्वाचन दिवस मनाउदै सरकार
  • नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाद्धारा उम्मेदवारी फिर्ता

    Thursday, 03.03.2016, 10:13am

    नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उम्मेदवारी फिर्ता लिनु भएको छ । सभापतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता गर्नु भएको हो । बुधबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरे लगत्तै पौडेल र सुजाताबिच सहमति भएको हो ।

  • नेपाली कांग्रेसको १३ औं महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु

    Thursday, 03.03.2016, 08:59am

    सुशीलको नेतृत्वमा बनायौं संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान भन्ने मूल नाराका साथ नेपाली कांग्रेसको १३ औं महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ । दिउँसो १ बजे खुलामञ्चमा पार्टी कार्यबाहक सभापति रामचन्द्र पौडेलले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । चार दिनसम्म चल्ने महाधिवेशन झण्डै सात दशक लामो प्रजातान्त्रिक यात्रा तय गरेको कांग्रेसले साढे १ वर्ष ढिलो गर्न लागेको हो ।

  • कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिका आकांक्षीहरुले उम्मेदवारी घोषण गर्नेक्रम जारी

    Wednesday, 03.02.2016, 05:13pm

    नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिका आकांक्षीहरुले उम्मेदवारी घोषण गर्नेक्रम जारी छ । संस्थापन पक्षबाट दुई र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबाट एक गरी तीनओटा प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित भइसकेको अवस्थामा सुजाता कोइरालाले पनि सभापतिमै उम्मेदवारी घोषणा गरेकी छन् ।

  • काग्रेको १३ औं महाधिवेशन कार्यक्रम सार्वजनीक, उपत्यकामा २० देखि २३ सम्म महाधिवेशन हुँदै

    Wednesday, 03.02.2016, 10:49am

    नेपाली कांग्रेसको महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ताको समय फागुन २० गते बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्मलाई तय गरिएको छ । केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको पहिलो नामावली प्रकाशन भने फागुन २१ गते बिहान ११ बजे हुने भएको छ ।

  • कांग्रेसको १३औँ महाधिवेशनको तयारीका क्रममा सबै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न

    Monday, 02.29.2016, 10:03pm

    नेपाली कांग्रेसको १३औँ महाधिवेशनको तयारीका क्रममा सबै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सकिएको छ । महाधिवेशन सुरु हुन तीन दिन बाँकी हुँदा २४० वटै क्षेत्रीय अधिवेशन सकिएको हो

  • नेपाली कांग्रेस १३ औं महाधिवेशनमा पेश हुने नीति तथा कार्यक्रम पारित

    Sunday, 02.28.2016, 07:10pm

    नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले १३ औं महाधिवेशनमा पेश हुने नीति तथा कार्यक्रम पारित गरेको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बसेको बैठकले महाधिवेशनमा पेश हुने नीति तथा कार्यक्रम पारित गरेको हो । बैठकमा विधान संशोधन प्रस्तावमाथि पनि छलफल भएको छ ।

  • कांग्रेस महाधिवेवेसनको तयारीमा, केन्द्रीय समिति बैठक बस्दै

    Sunday, 02.28.2016, 09:37am

    नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजेपछि बोलाइएको बैठकमा पार्टीको नीति तथा कार्यक्रम र विधानका विषयमा छलफल हुनेछ । महाधिवेसन आउन ४ दिन मात्रै बाँकी रहे पनि पार्टीले नीति र विधानका विषयमा अहिलेसम्म टुङ्गो लगाएको छैन । आज त्यसलाई अन्तिम रुप दिने विषयमा छलफल हुने कांग्रेस नेता अर्जुनरसिंह केसीले जानकारी दिनुभयो ।

  • आन्दनेलनको रणनीति बनाउँन मधेसी मोर्चाको सचिवालयको बैठक बस्दै

    Sunday, 02.28.2016, 09:31am

    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सचिवालयको बैठक आज बस्दैछ । हिजो विस्तार गरिएको सचिवालयको पहिलो बैठकले प्रधानमन्त्री केपीशर्मा ओलीलाई बुझाउने ज्ञापनपत्र तयार गर्नेछ । आन्दोलनको कार्यक्रम पनि तय गर्नेछ ।

  • कांग्रेस महाधिवेशनको सरगर्मि सभापतिको आकांक्षि अधिक

    Sunday, 02.28.2016, 09:03am

    नेपाली कांग्रेसको पार्टी महाधिवेशन आउन चार दिन मात्र बाँकी छ । महाधिवेशन आउँन कमै मात्र समय हुँदा सभापतिमा भने चौतर्फि आकांक्षि देखिएका छन् । संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधरले उम्मेद्वारी सार्वजनिक र प्रचारको कामलाई पनि सँगसँगै अगाडि बढाएका छन् ।

  • काँग्रेसको १३औँ महाधिवेशनको तयारीका क्रममा ६२ जिल्ला अधिवेशन सम्पन्न

    Saturday, 02.27.2016, 09:40pm

    नेपाली काँग्रेसको १३औँ महाधिवेशनको तयारीका क्रममा शनिबार दुई जिल्ला अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । शुक्रबारसम्म ६२ जिल्ला अधिवेशन सम्पन्न भएकामा शनिबार थप दुई जिल्लाको अधिवेशन सम्पन्न भएको समितिका सचिव जगन्नाथ श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

Hot News

 

SEARCH

Newsletter

{L_TOP}