Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > Political

माओवादीले दुई मुख्यमन्त्री र चार सभामुखको दाबी

Sunday, 01.14.2018, 07:28pm (GMT+6.5)    | Comment | Print | Tell friend

३० पुस, काठमाडौं ।

     

  माओवादी केन्द्रले संयुक्त कार्यदलमा दुई मुख्यमन्त्री र चार प्रदेशसभाका सभामुखको दाबी पेश गरेको छ । आइतबार बसेको दुई दलीय कार्यदलमा माओवादी नेताहरुले आफ्नो प्रस्ताव अघि सारेका हुन् । एमालेले यसबारे अध्यक्षद्धयसँग परामर्श गरेर टुंगोमा पुग्ने जवाफ दिएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा माओवादी नेताहरुले एमालेले चार र आफूहरुले दुई मुख्यमन्त्री लिने प्रस्ताव गरे । यस्तै प्रदेशसभाको सभामुख भने आफ्नो दलले चार र एमालेले दुई मात्र दिने उसको प्रस्ताव छ । कार्यदलमा एक सदस्यले भने, ‘एमालेले मुख्यमन्त्री लिएको ठाउँमा माओवादीलाई सभामुख र माओवादीले मुख्यमन्त्री लिएको प्रदेशमा एमालेले सभामुख लिने प्रस्ताव आएको छ । एमाले र माओवादीको ६ वटा प्रदेशमा बहुमत छ । प्रदेश २ मा भने मधेस केन्द्रीय दलको बहुमत पुगेको छ । राष्ट्रियसभामा भने मतका आधारमा सिट बाँडफाँट गर्ने माओवादी प्रस्ताव रहेको एक नेताले जानकारी दिए । बैठकपछि एमाले नेता एवं कार्यदलका संयोजक सुवास नेम्वाङले शीर्ष नेताहरुसँग परामर्श गरेर मंगलबार टुंगो लगाइने बताए । उनले भने, द२ गते हाम्रो अध्यक्ष आउनुहुन्छ । यसबीचमा अध्यक्षहरुसँग सम्पर्क गर्ने भन्ने समझदारी छ । त्यसैले ३ गते बैठक राखेका छौं । स्वास्थ्य उपचारका लागि बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार स्वदेश र्फकने कार्यक्रम छ । माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रारम्भीक प्रस्ताव आएको भन्दै बुधबार टुंगोमा पुग्ने बताएका छन् । आज हामीले सिटहरुका बारेमा प्रारम्भीक छलफल र प्रस्तावहरु राखेका छौं र केही मापदण्डमा छलफल गरेका छौंबैठकपछि अनन्तले भने, ‘सात वटै प्रदेशमा रहेको मतको अध्ययन गर्‍यौं। प्रदेश मुख्यमन्त्री, सभामुख उपसभामुखको के हुनसक्छ भनेर छलफल गरेका छौं । राष्ट्रियसभाको सिट बाँडफाँट र प्रदेश सरकार गठनको लागि गृहकार्य गर्न एमाले र माओवादीले ६ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा दुबै दलका ३/३ नेता छन् ।


R K

Hot News

 

SEARCH

Newsletter

Top