माओवादी मन्त्रीहरुले सरकार छोड्ने

Friday, 01.12.2018, 12:40pm (GMT6.5)

२८ पुस २०७४

काठमाडौं

 

केहि महिनादेखि विना विभागीय भूमिकामा रहेका माओवादी केन्द्रका मन्त्रीहरुले आज औपचारिक रुपमा सरकार छोड्ने भएका छन् । हिजै सरकार छाड्ने तयारी गरेपनि राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदा परेकाले केन्द्रले आजबाट सरकार छोड्न लागेको हो । पार्टीले सरकार छाड्ने निर्णय गरेको औपचारिक पत्र सरकारमा पार्टीको नेतृत्व गरी गएका विना विभागीय मन्त्री कृष्ण बहादुर महराले आज प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाउने प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो । एमालेसँग एकता प्रक्रियामा रहेको माओवादी केन्द्रले अब सरकारमा बस्नुको आवश्यकता नरहेको निष्कर्ष निकाल्दै सरकार छोड्ने निष्कर्ष निकालेको थियो । 

बगैचा सम्बाददाता

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.