प्रचण्ड फकाउँदै मधेसवादी दल, प्रदेश राजधानीकाे निर्णय प्रदेशसभाबाटै

Sunday, 01.07.2018, 09:09am (GMT6.5)

२३ पुस, काठमाडौं ।

  

    एमालेमाओवादी पार्टी एकताका लागि गृहकार्यमा जुटिरहँदा मधेसवादी दल प्रचण्डलाई फकाउन लागेका छन् । प्रदेश प्रमुख तोक्न सरकार मसक्क कस्सिए पनि राजधानीको निर्णय भने तत्काल नगर्ने मुडमा पुगको छ । यसका अलावा पत्रत्रिकाहरुले भाइरल ज्वरोले जाजरकोटमा महामारीको रुप लिएको, सिंहदरबार नै अस्तव्यस्त बनेको, निर्वाचन आयोगका प्रमुखले अख्तियार र महालेखा प्रमुखलाई सुटुक्क भेटेको छन् । सरकारले प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । राजधानीसम्बन्धी निर्णय भने प्रदेशसभाबाटै हुनेछ । कानुन मन्त्री कानुनमन्त्री यज्ञबहादुर थापालाई आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्न लागिएको छ । माघ २४ गते राष्ट्रियसभा चुनाव तय भइसकेकाले सोमबार बस्ने मन्त्रिपरिषद्बाट प्रदेश प्रमुख तोकेर प्रादेशिक सांसदको शपथ गराउने सरकारी योजना छ । एकातिर अस्थायी प्रादेशिक राजधानीबारे उठिरहेका विभिन्न माग, अर्कातिर वाम गठबन्धनसँग असहमति । यस्तोमा सरकारले के गर्ने भन्ने विषयमा गृहकार्य गरिरहेको छ । सहमति नभएको अवस्थामा सरकारले राजधानी बनाउने र नागरिकले भत्काउने कार्य ठीक हुँदैन,’ ‘त्यसैले सोमबारसम्म सहमति जुटाउन कोसिस गर्छौं । नजुटे प्रदेशको अस्थायी राजधानी तोक्दैनौं । स्थानीय तहको निर्वाचनपछि प्रमुख दलहरुले गाउँमा सिंहदरबारको अधिकार लैजाने बताउँदै आएका छन् । मुलुकको सुरक्षाको सबै अभिारा सिंहदरबारमै केन्द्रित छ । तर, सम्पूर्ण अधिकार केन्द्रित भएको सिंहदरबार आफैं अस्तव्यस्त छ । मुलुककै प्रमुख प्रशासनिक केन्द्रको अवस्था अति दुर्गम र पिछडिएको क्षेत्रजस्तो रहेको लेखेको छ । सुरक्षा अवस्था मात्र होइन, सिंहदरबारले बिजुली बत्तीको समेत अभाव झेल्दै आएको छ । सिंहदरबारका अधिकांश पोलका बल्ब नबल्दा गृह मन्त्रालयछेउकै बाटो अँध्यारो छ । बिजुली नबलेपछि भएका सीसीटीभीसमेत प्रयोजनविहीन छन् । आज एमाले र माओवादी केन्द्रको गठबन्धनलाई फुटाउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठबन्धन सक्रिय भएको छ । चुनावी गठबन्धन गर्दै पार्टी एकीकरण गर्ने घोषणा गरेको वाम गठबन्धनलाई फुटाएर आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न मधेसवादी गठबन्धन सक्रिय देखिएको हो । संविधान संशोधनका मुद्दा अघि सारेका राजपा र संघीय फोरमले विगतमा आफ्नो पक्षमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको नयाँ सरकारलाई आफ्नो समर्थन हुने बताउँदै आएका छन्’,  विगतमा संविधान संशोधनको विपक्षमा रहेको एमालेसँगको गठबन्धनबाट प्रचण्डलाई टुटाउँदा आफ्नो मुद्दा अघि बढ्ने विश्वास फोरम र राजपाले गरेका छन् ।

R K

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.