Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > Political

चुनावको एक महिनापछि बल्ल दिए देउवाले वाम नेतालाई बधाई

Thursday, 01.04.2018, 06:43pm (GMT+6.5)    | Comment | Print | Tell friend

 २०७४ पुष २०, काठमाडौं ।

       

        प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिनापछि प्रधानमन्त्री शेरवहादुर देउवाले वामपन्थी गठबन्धनलाई चुनाव जितेकोमा बधाई दिएका छन् । मंसिर २१ मा सम्पन्न निर्वाचनमा वामपन्थी गठबन्धनले बहुमत ल्याएको भए पनि तथा कांग्रेस सभापति समेत रहेका देउवाले औपचारिक रुपमा बधाई समेत दिएका थिएनन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आफैंले डाकेको सर्वदलीय बैठकमा देउवाले जनादेशबाट बहुमत ल्याउन सफल भएकोमा वाम गठबन्धनका नेताहरुलाई बधाई दिएको एमाले नेता सुवास नेम्वाङले बताए । बैठकको शुरु गर्दै उहाँले पहिलो पटक हामीलाई वामपन्थी गठबन्धनले चुनाव जितेकोमा बधाई दिनुभयो । कांग्रेस पराजित भएको स्वीकार गर्नुभयोनेम्वाङले भने, ‘हामीले ढिलै भए पनि बधाई दिनुभएकोमा उहाँलाई धन्यवाद भन्यौं । देउवाले बधाई दिँदा वाम गठबन्धनका प्रमुख नेता केपी शर्मा ओली भने बैठकमा उपस्थित थिएनन् । वाम गठबन्धनका तर्फबाट माओवादी अध्यक्ष प्रचण्ड,नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा बादल थिए । एमालेबाट उपाध्यक्ष भीम रावल सहित सुवास नेम्वाङ, बिष्णु पौडेल र अग्नि खरेल उपस्थित थिए । सामान्यतः चुनाव जित्ने नेतालाई फोनबाटै भने पनि बधाई दिने प्रचलन संसदीय राजनीतिमा हुन्छ । तर, प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले अहिलेसम्म वामपन्थी नेताहरुलाई बधाई दिएका थिएनन् । त्यसैले बालुवाटार बैठकमा उनले बधाई दिएपछि नेताहरुबीच चर्चाको विषय बनेको थियो । देउवाले बधाई मात्र दिएनन्, आफू शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको बताए । देउवाले शान्तिपूर्ण सत्ता हस्तान्तरणको कुरा गरेपछि प्रचण्डले आपत्ति जनाएको शैलीमा प्रतिक्रिया दिए । उनले भने, सत्ता हस्तान्तरण जनताले चुनावबाटै गरिसके । तपाईले अब नयाँ सरकार गठनको लागि सघाउने मात्र हो । उनले अघि भने, सत्ता हस्तान्तरण गर्ने तपाईले होइन, जनताले हो । बालुवाटार बैठकमा कांग्रेस र वामपन्थी नेताहरुबीच यस्तै यस्तै घोचपेचहरु भए । कांग्रेसले नयाँ सरकार गठन हुन नदिन संविधान र संवैधानिक आयोगलाई हतियार बनाएको प्रसंग पनि उठेको थियो । नेताहरुबीचको अनौपचारिक कुराकानीमा एमालेका एक नेताले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि नयाँ सरकार गठन हुनुपर्नेमा राष्ट्रियसभा चुनाव गराएर मात्र छाड्ने अडान आयो । अब स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पनि हामी नै गराउँछौं भन्ने त होइन ?’

 



R K

Hot News

 

SEARCH

Newsletter

Top