Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > Political

बाँडफाडका विषयमा कुरा नमिल्दा बढ्न सकेन पार्टी एकता प्रकृया

Thursday, 01.04.2018, 02:50pm (GMT+6.5)    | Comment | Print | Tell friend

२० पु २०७४

काठमाडौं

 

एमाले अध्यक्ष केपी शर्मा ओली वा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मध्ये कसले गर्ने भन्ने विषयमा कुरा मिल्न नसक्दा वाम पार्टीबीचको एकता प्रकृया अघि बढ्न सकेको छैन । चुनावी तालमेल हुँदै पार्टी एकता गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रबीच नेतृत्वमा सहमति नहुँदा तीन महिना यता एकता संयोजन समितिको दोस्रो बैठक समेत बस्न सकेकाे छैन । आन्तरिक छलफल भैरहेको भन्दै आएका दुवै पार्टीका नेताहरु तीन महिनादेखि अबको नेतृत्व कसले गर्ने भन्ने टुङ्गोमा पुग्न सकेका छैनन् । एमालेको मुख्य नेतृत्वले तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै आफुसँग राख्न खोजिरहेको छ भने माओवादी केन्द्र दुई मध्ये एक कार्यकारी पद पाउनुपर्ने माग गर्दै आएको छ । नेताहरुको व्यवस्थापन पनि दुवै दलको प्राथमिकतामा छ । सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने विषयमा दुई पार्टीबीच खासै विवाद छैन । ओली प्रधानमन्त्री बन्दा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पाउनुपर्नेमा माओवादी केन्द्रले जोडदिने गरेको छ सैद्दान्तिक मतभिन्नता भन्दा पदीय बाँडफाँट नै एकता प्रकृया लम्विनुको मुख्य कारण भएको नेताहरु पनि स्वीकार्छन्। तर  शीर्ष नेतृत्व सहमति नजिक रहेको उनीहरुको दावी छ । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top