Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > Political

बालुवाटारमा सर्वदलीय बैठक बस्दै

Thursday, 01.04.2018, 09:54am (GMT+6.5)    | Comment | Print | Tell friend

२० पुस, २०७४  काठमाडौं ।

   

  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले दोस्रोपटक सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक प्रदेश प्रमुख तथा स्थायी राजधानी तोक्ने विषयमा केन्द्रित हुने बताइएको छ । सरकारले प्रदेश राजधानीको अस्थायी राजधानी प्रस्ताव गरेर मन्त्रिपरिषद्मा बुझाएको छ । यसलाई मन्त्रिपरिषद् बैठकले पारित गर्नुपर्ने हुन्छ । यही विषयमा सुझाव माग्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राष्ट्रियसभा निर्वाचन र नयाँ सरकार गठनका विषयमा समेत छलफल हुने बताइएको छ । प्रतिनिधिसभा निर्वाचनबाट ५ पार्टी एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको आकार लिएका छन् । यिनै पार्टीका शीर्ष नेता बैठकमा सहभागी हुनेछन् । बैठक अहिले बिहान ९ बजे बालुवाटारमा बस्नेछ ।

 


R K

Hot News

 

SEARCH

Newsletter

Top