Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > Political

सरकार छाड्न आलटाल गर्ने कांग्रेसको सानैदेखि लागेको बानी

Wednesday, 01.03.2018, 05:47pm (GMT+6.5)    | Comment | Print | Tell friend

  १९ पुस२०७४ काठमाडौं ।

     

   नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ५ वर्ष चुप लागेर बस्न कांग्रेस नेताहरुलाई सुझाव दिएका छन् । वाम गठबन्धनले सरकार बनाउने भन्दै कांग्रेसबाट रचनात्मक सुझावको अपेक्षा गरेको बताए । बुधबार रिपोटर्स क्लबले गरेको कार्यक्रममा नेता नेपालले सरकार छाड्न आलटाल गर्ने कांग्रेसको सानैदेखि लागेको बानी भएको बताए । उनले भने, ‘जसरी राजा महाराजाहरुले आफूलाई सत्ताधारी ठान्थे, कांग्रेसले पनि ठान्ने गरेको छ । शेरबहादुरजी अत्तालिनु हुँदैन । धेरै चिन्ता नगर्नुस्, विरामी पर्नुहोलादेउवासँगै रामचन्द्र पौडेलसहित कांग्रेस नेताहरुको नाम लिँदै अघि भने, ५ वर्ष काम गर्न दिनुस् । खबरदारी गर्नुहोला तपाईबाट रचनात्मक सुझावको अपेक्षा गरेका छौं ।  एमाले नेता नेपालले नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय भइनसकेको बताए । उद्यपि एमाले अध्यक्ष केपी ओलीको सम्भावना धेरै रहेको बताए । उनले अघि भने, ओली प्रधानमन्त्री बन्ने कुरा अस्वभाविक पनि होइन । तर, माओवादीलाई के लाग्छ थाहा छैन । प्रचण्डजी नै पहिले प्रधानमन्त्री बन्ने हो कि ? यद्यपि वाम गठबन्धनमा प्रधानमन्त्रीका लागि मारामार हुन्छ भन्ने अपेक्षा नगर्न आग्रह गरे । ओली, प्रचण्डसँगै झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादलको समेत व्यवस्थापन गर्नु पर्ने भन्दै उनले आपसी छलफल गरेर नेताहरुलाई उचित र न्यायसंगत जिम्मेवारी दिइने बताए । सरकार गठनमा ढिलाइ भइरहेको भन्दै उनले पार्टी एकता प्रक्रियालाई तिव्रता दिनु पर्ने बताए । बैचारिक, राजनीतिक र सैद्दान्तिक विषयमा छलफल गरेर सहमति र विमतिका विषय तय गर्नु पर्ने भन्दै उनले त्यसमा समस्या नहुने बताए । माधवकुमार नेपाल भावी प्रधानमन्त्रीको दावेदार हो कि होइन भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता नेपालले हाँस्दै भने, ‘म जुलुस लिएर जानुस् भन्दिँन ।

 



R K

Hot News

 

SEARCH

Newsletter

Top