Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > Political

अलमलमा जनप्रतिनिधि, गाउँमा पुगेन सिंहदरबार

Wednesday, 01.03.2018, 08:38am (GMT+6.5)    | Comment | Print | Tell friend

१९ पुस, काठमाडौं ।

   

    स्थानीय तहले जनप्रतिनिधि पाए पनि उनीहरु अलमलमा परेका छन् । जनप्रतिनिधि अन्योलमा पर्दा गाउँमा सिंहदरबार पुग्न सकेको छैन । प्रदेश प्रमुख तोक्ने विषय अन्योलमा परिरहेका बेला आजका पत्रपत्रिकाहरुले प्रधानमन्त्री शेरबहादुर देउवा सहमतिमै यसलाई छिनोफानो गर्न अग्रसर बनेको छन् । यसका अलावा राजधानीका ५० गाडी प्रदूषण जाँचमा फेल भएको, हुम्लामा रुघाखोकीको प्रकोप छ प्रदेश प्रमुखको नियुक्ति अन्योलमा परिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता देखाएका छन् । देउवा सहमतिमै प्रमुख तोक्ने मुडमा पुगेको छ । मंगलबार कांग्रेसको आन्तरिक छलफलमा दलीय सहमतिमा स्वतन्त्र व्यक्तिलाई प्रदेश प्रमुख बनाउन सुझाव आएलगत्तै प्रधानमन्त्री देउवाले दलीय छलफल थालेका हुन् । देउवाले राष्ट्रिय दललाई बोलाएर बिहीबार सर्वदलीय छलफल गर्ने तयारी गरेका छन् । स्थानीय तहले जनप्रतिनिधि पाएको ६ महिना गुज्रिए पनि त्यसको अनुभूति आमजनताले गर्न पाएका छैनन् । निर्वाचित जनप्रतिनिधि अल्मिलिँदा गाउँको सिंहदरबार प्रभावकारी हुन नसकेको हो । स्थानीय तहका जनप्रतिनिधि अल्मलिएको छ । निर्वाचित भएर आएपछिको प्राथमिकता निर्धारण गर्ने, कुन काम गर्ने, स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने अन्योलले जनप्रतिनिधि अघि बढ्न सकेको  छैन


R K

Hot News

 

SEARCH

Newsletter

Top