Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > Political

निर्वाचन आयोगलाई दबाब नदिन वाम गठबन्धनलाई आग्रह गरेको छ ।

Tuesday, 01.02.2018, 04:41pm (GMT+6.5)    | Comment | Print | Tell friend

१८ पुस, २०७४ काठमाडौं ।

    

   सत्तारुढ नेपाली कांग्रेसले गैरसंवैधानिक काम गर्न निर्वाचन आयोगलाई दबाब नदिन वाम गठबन्धनलाई आग्रह गरेको छ । मंगलबार बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा गठनपछि मात्र प्रतिनिधिसभाले पूर्णता पाउने ठहर गरेको छ । हामीले प्रधानमन्त्री एवं पार्टी सभापतिलाई राष्ट्रिय दलका शीर्ष नेताहरुसँग परामर्श गर्नुस् र राष्ट्रियसभा निर्वाचन अविलम्ब तोक्नुस् भनेका छौंकांग्रेस नेता बालकृष्ण खाँडले भने । उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आजभोलि नै प्रमुख दलका नेताहरुसँग परामर्श गर्नेछन् र त्यसपछि सरकारले राष्ट्रियसभा निर्वाचनको मिति तोक्नेछ । कांग्रेसले संविधानको धारा ८४ को उपधारा ८ अनुसार प्रतिनिधिसभाको समानुपातिक सिट निर्धारणका लागि राष्ट्रियसभा निर्वाचन आवश्यक भएको बताएको छ । वाम गठबन्धनले निर्वाचन आयोगलाई प्रतिनिधिसभाको समानुपातिक परीणाम सार्वजनिक गर्न दबाब दिनु गैरसंवैधानिक भएको कांग्रेसको ठहर छ । हिजो उहाँहरुले दिएको जस्तो दबाब हरेक राजनीतिक दलले दिने हो भने आयोगले संवैधानिक व्यवस्था अनुसार चुनाव गर्नै सक्दैनकांग्रेस नेता खाँडले भने, आयोगलाई गैरसंवैधानिक काम गर्न प्रेरित गर्नु र दबाब दिनु अनुचित हो । एमाले र माओवादी केन्द्रका नेताहरुले सोमबार निर्वाचन आयुक्तहरुलाई भेटेर प्रतिनिधिसभाको समानुपातिकको मत परीणाम सार्वजनिक गर्न दबाब दिएका थिए ।

 


R K

Hot News

 

SEARCH

Newsletter

Top