Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > Political

माओवादी फकाउँदै कांग्रेस–राजपा, गठबन्धन टुटाइछाड्ने रणनीति

Tuesday, 01.02.2018, 08:39am (GMT+6.5)    | Comment | Print | Tell friend

१८ पुस, काठमाडौं ।

    

    प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम छिटो घोषणा गर्न वाम गठबन्धनले निर्वाचन आयोगलाई दबाब दिएको छ । वाम गठबन्धनले परिणाम घोषणाका लागि दबाब बढाए पनि आयोगले भने राष्ट्रियसभाको निर्वाचन प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिसभाले पूर्णता पाउने जवाफ दिएकाे छ ।  यसले आयोग र वाम गठबन्धनबीचको तिक्तता थप चुलिने देखाएको छ । एमालेमाओवादी अबिलम्ब पार्टी एकता गर्ने गृहकार्यमा जुटिरहेका बेला कांग्रेसराजपा भने सकेसम्म फकाएर नभए धम्क्याएरै भए पनि माओवादीलाई आफूतिर तान्ने रणनीतिमा लागेका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत निवर्तमान सांसद्हरुलाई सवा दश अर्ब खर्च गर्न दिने निर्णय सरकारले गरेको छ ।


पूर्वसांसद्लाई १० अर्बका कार्यक्रम

 

 निर्वाचन भएर नयाँ सरकार बन्ने तयारी भइरहेका बेला सरकारले निवर्तमान सांसदहरूमार्फत १० अर्बभन्दा बढी रकम खर्च गर्ने निर्णय गरेको छ । स्थानीय विकास मन्त्रालयले खारेज भइसकेका निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि १० अर्ब १६ करोड ५० लाख खर्च गर्न दिने निर्णय गरेको छ । निवर्तमान सांसदहरूको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषमार्पmत सो रकम खर्च गरिनेछ । अघिल्लो संसद्को कार्यकाल सकिनुअघि स्वीकृत भइसकेका कार्यक्रम सञ्चालन नगर्न गत १० कात्तिकमा निर्वाचन आयोगले निर्देशन दिएको थियो । संसद्को कार्यकाल समाप्त भए पनि कार्यक्रम सञ्चालन गर्न बाधा नपर्ने व्यवस्था रहेको भन्दै यस्तो निर्णय गरिएको छ । नयाँ जनप्रतिनिधि आइसकेको र पुरानो निर्वाचन क्षेत्र खारेज भइसकेको अवस्थामा पूर्वसांसदका कार्यक्रममा खर्च गर्नु आर्थिक अनियमितता हुने कर्मचारीहरूको तर्क थियो । तर, बजेट खर्च गर्न दिनुपर्ने आधार र आवश्यकता स्पष्ट नपारी मन्त्री विजयकुमार गच्छदारले निर्णय गराएका हुन् । सुरु भइसकेका आयोजना भएमा बजेट रोक्दा जनतालाई असुविधा हुन्छ भन्ने आधारमा बजेट दिन सकिन्थ्यो,’ पूर्वसचिव पूर्णचन्द्र भट्टराईले भनेका छन्, ‘काम नै सुरु नभएका आयोजनालाई नियमित प्रक्रियाभन्दा बाहिरबाट बजेट दिनुपर्ने औचित्य र कारण छैन ।

  एमालेमाओवादी केन्द्र पार्टी एकताका लागि अघि बढिरहँदा यसलाई हुन नदिन पनि उत्तिकै बढेको छ । कांग्रेसराजपालगायत लोकतान्त्रिक गठबन्धन आबद्ध दलहरु एमालेमाओवादी एकता टुटाइछाड्ने रणनीतिमा लागेको छ । कांग्रेसराजपालगायत दलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेका छन् । एमालेमाओवादीबीच पार्टी एकता हुन नदिने उद्देश्यका साथ उनीहरुले दाहाललाई फकाउने रणनीति अख्तियार गरेका हुन् । निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमालेमाओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ । दाहाललाई फकाउन उसले प्रलोभनदेखाउनेदेखि घुमाउरो शैलीमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) को मुद्दा देखाएर खबरदारीसमेत गर्न थालेको छ ।

 


R K

Hot News

 

SEARCH

Newsletter

Top