Hot News
ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माण गुरुयोजना बनाउन गैरआवासीय नेपाली संघले सघाउने ; धनकुटा तनावग्रस्त, क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी ; नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने ; सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन
Home > News > Political

राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष

Monday, 12.18.2017, 06:34pm (GMT+6.5)    | Comment | Print | Tell friend

 ३ पुस, काठमाडौं ।

     

    नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा गठनसम्वन्धी विवाद समाधान राजनीतिक सहमतिबाट खोज्नु पर्ने निष्कर्ष निकालेको छ । चुनावपछि सोमबार पहिलो पटक बसेको कार्यालय बैठकले राष्ट्रिय सभा गठनसम्वन्धी विवाद राजनीतिक विषय भएको भन्दै सहमतिका आधारमा निकास खोज्नु पर्ने निष्कर्ष निकालेको छ । बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन्, ‘शीर्ष नेताहरु बसेर सहमति खोज्नुपर्ने निष्कर्ष निकालेका छौं, त्यसैअनुसार अघि बढ्छौं । बैठकले बाम गठबन्धन बनाएर चुनावमा होमिदा परिणाम सकारात्मक आएको भन्दै पार्टी एकता र गठबन्धनलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ । माओवादी बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने निर्णय पनि गरेको छ । पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्छ, अब पार्टी एकता कसैले रोकेर रोकिँदैनपार्टी प्रवक्ता भुसालले भनिन् ।

 


R K

Hot News

 

SEARCH

Newsletter

Top