Hot News
ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माण गुरुयोजना बनाउन गैरआवासीय नेपाली संघले सघाउने ; धनकुटा तनावग्रस्त, क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी ; नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने ; सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन
Home > News > Political

भावी मुख्यमन्त्रीसहित १७ महिला प्रदेशसभामा निर्वाचित

Wednesday, 12.13.2017, 04:43pm (GMT+6.5)    | Comment | Print | Tell friend

२७ मंसिर, काठमाडौं ।

       प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा पनि निकै कम महिला प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । जसको क्षतिपूर्ति अब प्रदेशसभामा पनि दलहरुले समानुपातिकबाट गर्नुपर्नेछ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पाँच महिला निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट पम्फा भुसाल, कमला रोका र विना मगर तथा एमालेबाट पवित्रा निरौला खरेल र पद्माकुमारी अर्याल प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । प्रदेशसभातर्फ १७ महिला निर्वाचित भएका छन् । प्रदेश १, ४ र ५ मा दुईदुई जना, २ र ३ मा पाँचपाच र ७ मा एक महिला निर्वाचित भएका हुन् दलीय हिसावमा हेर्दा प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित महिलामा कांग्रेस छैन । प्रतिनिधिसभामा माओवादीबाट तीन र एमालेबाट दुई महिला चुनिँदा प्रदेशतर्फ एमालेबाट ८ र माओवादीबाट ७ तथा राजपाबाट २ महिला प्रत्यक्ष जितेका छन् । जबकी सात वटै प्रदेशमा गरेका प्रदेशसभामा ३३० प्रत्यक्ष सिट छन्, जसमा एमालेले १६८, माओवादीले ७३, कांग्रेसले ४१, संघीय समाजवादी फोरमले २४, राष्ट्रिय जनता पार्टीले १६ सिट जितेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार तीन क्षेत्रमा विजयी हुँदा नयाँ शक्ति पार्टी र र राष्ट्रिय जनमोर्चाले २/२ र नेपाल मजदुर किसान पार्टीले १ सिट जितेको छ । ३३० प्रदेशसभाका सदस्यको निर्वाचन हुँदा सबैभन्दा बरिष्ठता नेतृ अष्टलक्ष्मी शाक्य परेकी छन् । एमाले उपाध्यक्ष शाक्य प्रदेश नम्बर ३ को भावी मुख्यमन्त्री समेत हुन् । उनलाई मुख्यमन्त्री बन्ने गरि प्रदेशमा पठाइएको एमाले स्रोतले जनाएको छ । सम्भवतः ७ प्रदेशमध्ये मुख्यमन्त्री बन्ने महिला अष्टलक्ष्मी मात्र हुन् । त्यस्तै एमालेकी नरदेवी पुन यसअघि राज्यमन्त्री भइसकेकी महिला नेतृ हुन् भने माओवादीकी आशा कोइराला हाल विनाविभागीय मन्त्री छन् । राजपाका रानी शर्मा तिवारी र सुरिताकुमारी साह पनि बरिष्ठ महिला नेतृ हुन् । सुरिता पूर्व सञ्चार सहायकमन्त्री हुन् भने रानी पार्टीको उपाध्यक्ष भइसकेको नेतृ हुन् ।

 

कोको हुन् प्रदेशमा प्रत्यक्ष जित्ने महिला

 

प्रदेश १

 

खिनु लिनुङ्वा लिम्बु इलाम १ क, एमाले

कला घले उदयपुर १ ख, एमाले

 

प्रदेश २

 

शारदा थापा महोत्तरी १ क, एमाले

बेची लुङ्गेली सर्लाही १ ख, एमाले

ज्वालाकुमारी साह- बारा ३ क, माओवादी

रानी शर्मा महोत्तरी ३ ख, राजपा

सुरिता साह महोत्तरी २ ख, राजपा

 

प्रदेश ३

 

अष्टलक्ष्मी शाक्य काठमाडौं ८ ख, एमाले

रमा आले मगर काठमाडौं १० ख, एमाले

लालकुमारी पुन ललितपुर १ ख, माओवादी

राधिका तामाङ नुवाकोट १ क, माओवादी

कुमारी मोक्तान मकवानपुर २ ख, माओवादी

 

प्रदेश ४

 

आशा कोइराला तनहुँ २ क, माओवादी

नरदेवी पुन म्याग्दी १ ख, एमाले

 

प्रदेश ५

 

कृष्णा केसी बाँके १ क, माओवादी

आरति पौडेल बाँके १ ख, एमाले

 

प्रद्रेश ७

 

देवकी मल्ल बझाङ १ ख, माओवादी

 



R K

Hot News

 

SEARCH

Newsletter

Top