Hot News
ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माण गुरुयोजना बनाउन गैरआवासीय नेपाली संघले सघाउने ; धनकुटा तनावग्रस्त, क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी ; नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने ; सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन
Home > News > Political

१६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी

Tuesday, 12.12.2017, 08:47am (GMT+6.5)    | Comment | Print | Tell friend

२६ मंसिर, काठमाडौं ।

        

         प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार नेकपा (एमाले) ७५, नेकपा (माओवादी केन्द्र) ले ३६, नेपाली कांग्रेसले २१, राजपा नेपालले ११, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् । त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल मजदुर किसान पार्टीले एकएक स्थानमा विजय हासिल गरेका छन् । मतगणनाअनुसार अहिले एमाले चार, माओवादी दुई, राजपाका उम्मेदवारले दुई स्थानमा अग्रता लिइरहेका छन् । अब स्याङजाको क्षेत्र नं. १ र २, कैलालीको क्षेत्र नं. २, सर्लाही४ र सुनसरी३ गरी ५ क्षेत्रको नतिजा आउन बाँकी छ । यीमध्ये कैलाली २ र सुनसरी३ मा मतगणना रोकिएको छ । निर्वाचन आयोगका अनुसार, अन्यमा अहिले मतगणना भइरहेको छ । पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमध्ये ३१८ क्षेत्रको परिणाम सार्वजनिक भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

 


R K

Hot News

 

SEARCH

Newsletter

Top