पैसा भएकै कारण लोकतन्त्र ठेकेदार, तस्कर र व्यापारीको पोल्टामा छ

Wednesday, 12.06.2017, 08:36am (GMT6.5)

 

मंसिर १९, २०७४

      विभिन्न दलहरूले निर्वाचनका निम्ति जहाँबाट अर्थ सङ्कलन गरी त्यसको परिचालन गरिरहेका छन्, त्यसले हाम्रो राजनीति कुन दिशातर्फ गइरहेझैँ लाग्छ स्थानीय निकायको निर्वाचनमा भएको खर्च देखर नै कतिपय इमानदार मानिसले पैसा नभएका कारण मैले चुनावमा टिकट लिन इच्छा देखाइनँ समेत भनेका छन् । उनीहरूले साङ्केतिक रूपमा र सीधै अब पैसाबिना चुनाव लड्न सकिँदैन भन्न थालेका छन् । पैसा खर्च गर्ने परिमाण र परिपाटीलाई हेर्दा अब लोकतन्त्र अर्थतन्त्रमा परिणत भइसकेको छ । पहिले चुनाव लड्न मनी, मसल र माफिया चाहिन्छ भन्थे अब मनी प्रमुख भएको देखिन्छ । मनी भए मसल त्यसबाट आर्जन गर्न सकिन्छ भन्ने देखिएको छ । पैसा भएकै कारण लोकतन्त्र ठेकेदार, तस्कर र व्यापारीको पोल्टामा पुगेको छ । करिब ३७ वटा निर्वाचन क्षेत्रमा मतदान सकेर नेताहरू काठमाडौँ आएका छन् र उनीहरूले आफ्नो क्षेत्रमा निर्वाचनका लागि करिब ५ देखि ७ करोडसम्म खर्च गरेको बताएका छन् । भर्खरै सकिएको पहिलो चरणको निर्वाचनमा जसरी भोट खस्यो त्यसमा कहीँ न कहीँ स्थानीय तहको निर्वाचनमा खर्च गरिएको अर्थको प्रभाव छ । त्यसको प्रभाव किन छ भने स्थानीय निर्वाचनमा स्थानीय नेतृत्वले आफ्ना मतदाताका लागि जति खर्च गरे त्यसको तुलनामा यो निर्वाचनमा त्यसरी नै चिनेर खर्च गर्न सम्भव भएन । त्यसको परिणाम, मतदातालेखोई हामीलाई यस पटक मतलब नै गरेनन्, के भोट हाल्नु भनेर पनि नगएका देखिए । मतलब, मतदानमा सहभागिताको सवालमा समेत आर्थिक पाटाहरू जोडिए । उनी त वैचारिक मान्छे हुन्, हिजो उनले नै सबैलाई सङ्गठित गराएर सिद्धान्तले परिवर्तन गर्न सकिन्छ भनेर हिँड्थे । तर आज त्यसको विल्कुल फरक व्यवहारमा उनी देखिन्छन् । त्यसमा दोष उनको होइन । यो वैश्विक रूपमा आएको परिवर्तनको छिटा उहाँमा देखिएको मात्र हो । अहिलेको वाम गठबन्धनको कुरा गर्नुस् अथवा लोकतान्त्रिक गठबन्धनको, कुरा सबैको एउटै हो र त्यो आफूलाई केन्द्रमा राखेर चालिएको कदम हो  । हामीले अँगालेको लोकतन्त्रमा अपनाइएको मतदान प्रक्रियाका आफ्नै सीमितताले पनि चुनाव खर्चिलो भएको हो । अहिलेको हाम्रो निर्वाचन प्रणालीले ठेकेदार, अपराधी, तस्कर, व्यापारी होस् अथवा इमानदार नेता, कार्यकर्ता सबैका लागि एकएक भोटको अवसर दिएको छ । त्यसमा जोसँग पैसा र डन छन् उनीहरू नै निर्वाचनमा हाबी हुने कुरा स्वभाविक हुन्छ । भन्नुको अर्थ यो परिपाटीमा राम्रो या इमानदार कार्यकर्ताले भन्दा अपराधी, तस्कर, व्यापारीले मानिसहरूलाई प्रभावित गर्न सक्छ । यो भनेको निर्वाचन प्रणालीको त्रुटि हो ।

R K

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.