२२ जिल्लाकै मधेश प्रदेश बनाउाछौं: उपेन्द्र यादव

Friday, 12.01.2017, 10:56am (GMT6.5)

१५ मंसिर २०७४

राजविराज


संघीय समाजवादीफोरम नेपालका अध्यक्ष उपेन्द्रयादवले प्रदेश नम्वर-२ लाई मधेश प्रदेश बनाउँदै खोसिएको भू-भागलाई हासिलगर्न संघर्षका साथअगाडि बढ्ने बताएका छन् । बिहिबार सप्तरी सदरमुकाम राजविराजस्थित हटियामा आयोजित चुनावी सभालाई सम्बोधनगर्दै यादवले २२ जिल्लालाई मधेश प्रदेश बनाउने आफूहरुको अडान कायमै रहेको बताए । आठ वटा जिल्ला मात्र मधेश नभई २२ वटै जिल्ला मधेशको भूभागभएको बताउादै उनले भने 'प्रदेश नम्वर-२ लाई मधेश प्रदेशको बनाउादै खोसिएको भू-भागलाई हासिलगर्न संघर्ष अगाडि बढाउाछौं ।' दक्षिण अपिलकामा गोराहरुले कालाहरुमाथि गरेको चरम विभेद जस्तै मधेशीजनतामाथि खस शासकवर्गले  धेशीजनतामाथिविभेदकारी व्यवहार गरिरहेको उनले बताए । गोर्खालीशासकवर्गले मधेशीजनतालाई दास बनाएर राख्दैआएको प्रष्ट पार्दै मधेशीजनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागतगर्दै अधिकारप्राप्तिको संघर्षलाई जारी राख्ने उनले बताए । सप्तरी क्षेत्र नम्वर २ प्रतिनीधि सभा सदस्यकाउम्मेदवार समेत रहेकाअध्यक्षयादवले मधेशीजनतालाई अधिकारबाट बञ्चित राख्ने नियतले नै अन्तरिम संविधानमाप्राप्तअधिकारलाई कटौती गरेको बताउादै उनले भने 'हरेक तहमा बराबरीको अधिकारकालागिहाम्रो संघर्ष जारी छ, जबसम्ममधेशीजनताको अधिकार सुनिश्चितहुादैन, तबसम्मआन्दोलन रोकिनेवाला छैन ।' खस शासकवर्गलाई महाभारतको कौरवको संज्ञा दिंदै उनले मधेशीजनतावर्तमानअवस्थामा पाण्डवको भूमिकामा रहेको भन्दै अन्ततःजीत सुनिश्चित रहेको बताए । मधेशीजनताको चाहनाअनुसार नै संघीय समाजवादीफोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीचतालमेल भई मधेशी गठबन्धन बनेको भन्दै मधेशीजनताले फोरम नेपाल र राजपालाई मतदान गरेर आˆनो ताकत देखाउनआमजनतालाई आग्रह गरेका छन् ।  विभेदअन्त्यकालागिफोरम नेपाल र राजपाको गठबन्धन मजबूतभएमात्रअधिकारप्राप्तहुने भन्दै मधेशको पक्षमाचट्टानभएर उभिनयादवआहृवान गरे ।

बगैचा सम्बाददाताका साथ उपेन्द्र यादव

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.