समाजसेवी अनुराधा कोइराला कांग्रेस प्रवेश

Monday, 11.13.2017, 01:22pm (GMT6.5)

२७ कार्तिक २०७४

काठमाडौं

 

समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आईतबार  बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गर्नुभएको हो चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक बृद्धि समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको बताउदै पार्टी प्रवेश गर्नुभएको हो सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै होकोइरालाले पार्टी प्रवेश पछि भन्नुभयो, ‘लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार विकास सम्भव कोइरालाले लोकतन्त्र बाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने बताउदै लोकतन्त्रलाई थप मजबूत गराउन सबैलाई कांग्रेसमा मतदान गर्न पनि आह्वा गर्नुभएको सबैमा लोकतन्त्रलाई स्वीकार गरि सबै अटाउन सक्ने नीति बोकेको कांग्रेसलाई मतदान गर्न अपील गर्दछुकोइरालाले भन्नुभयो सामाजिक क्षेत्रमा लामो समय योगदान गर्नुभएको कोइराला अहिले कांग्रेसको पक्षमा मतदान गरेर महिला, दलित, जनजाति, मधेसी लगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्नुपर्ने बताउनुहुन्छ अब जनताले बुझ्नुपर्ने बेला आएको , सबैका अधिकार कांग्रेस नेतृत्वमा बन्ने सरकारले मात्रै दिलाउन सक्छउहाँले भन्नुभयो, ‘त्यसैले संविधान कार्यन्वयनको चुनौतीपूर्ण अहिलेको अवस्थामा कांग्रेसको पक्षमा मतदान गरेर दशकदेखिको राजनीतिक संक्रमण अन्त्य गर्नुपर्छ

कृष्ण केसिकाे सहयाेगमा बगैँचा सम्वाददाता

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.